गान्तोक: भोलि अर्थात शुक्रबारको दिन सोरेङ जिल्ला अन्तर्गत हिलेमा वन विभागको तत्वावधानमा आयोजना हुने राज्य स्तरीय “पृथ्वी माताको लागि एकदिन” कार्यक्रमको तयारी पूरा भइसके छ। यस विषयलाई लिएर आज क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाले हिलेमा कार्यक्रम स्थलको भ्रमण गरे। निरीक्षणको क्रममा मन्त्री शेर्पासँग अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष, वन विभागका अधिकारी लगायत अन्यहरू पनि सामेल रहेका थिए। स्मरण रहोस्, पर्यावरणको संरक्षण र सम्बर्द्धन साथै पर्यावरण सम्बन्धि जनजनसम्म जागरुकता फैलाउन एसकेएम सरकारले प्रतिवर्ष ७ जुलाई दिन राज्यमा ‘धरती माताको लागि एकदिन’ कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष सोरेङ जिल्ला अन्तर्गत दरामदिन समष्टिको चिसो भेक हिलेमा उक्त कार्यक्रम राज्यस्तरीयरूपमा आयोजना गरिने भएको छ।