खरसाङ: यसपाली खरसाङ खण्डको तीनधारे क्षेत्रमा रहेको कतिवटा गाउँलेहरूले पहिलोपल्ट पञ्चायत चुनावमा भोट हाल्ने भएको छ। यस क्षेत्रको कतिवटा गाउँहरूका मानिसहरूले संसद भोट, विधायक भोट, जीटीएको भोटमा भोट हालेका थिए। तर पञ्चायत भोटमा भने भोट हाल्न पाएका थिएनन्। किनभने तीनधारेको कतिवटा गाउँहरू अहिलेसम्म पञ्चायत क्षेत्रमा अन्तर्भुक्त भएको थिएन। तर यसपाली पहिलोपल्ट पञ्चायत क्षेत्रमा भएपछि यसपाली पहिलोपल्ट पञ्चायत चुनावमा भोट हाल्ने भएको छ। तीनधारेको गाउँहरू विशेष गरेर गोलाईपाखा। शंकर निवास, गैरी गाउँ, क्रिकेट बजार, अस्पताल लाइन आदि गाउँहरू पहिले पञ्चायत क्षेत्रमा नपरेको र यसपाली पहिलोपल्ट यी गाउँहरू पञ्चायतमा गाँभिएको छ। त्यसैले यस क्षेत्रको मानिसहरूले यसपाली पहिलोपल्ट पञ्चायत चुनावमा भोट हाल्ने भएको छ भनी तीनधारेबाट सामाजिक कार्यकर्ता बिनयकुमार छेत्रीले जानकारी गराएका छन्। उनले तीनधारेमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारेको कतिवटा गाउँहरू पञ्चायतमा गाँभ्नलाई क्षेत्रीय सभासद नवराज छेत्रीको पहलमा जीटीएको चिफ् एक्जीक्युटिभ अनित थापालाई ज्ञापन पत्र बुझाएका थियौं। र यसपाली सबैले पञ्चायत भोटमा भोट हाल्ने मौका पाएको बताएका छन्। उनले यसपालीको पञ्चायत चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको घोषणा पत्र हेरेर राम्रो लागेको र प्रत्येक बुथमा विकास समिति गठन गर्ने घोषणा स्वागतयोग्य रहेको बताएका छन्। छेत्रीले तीनधारे क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाको अगुवाईमा तीनधारे विकासका कार्यहरू भईरहेको बताउँदै यस क्षेत्रको जनताले कसले विकास गर्नसक्छ उसैलाई भोट दिएर जिताउनेछ भनी आशा व्यक्त गरेका छन्। बिनयकुमार छेत्रीले तीनधारेमा अग्नि शमन केन्द्रको स्थापना चाढ़ै हुने भएको र यसको लागि पहल भएर पनि कोलकोतासम्म पुगेको जानकारी प्राप्त भएको बताएका छन्। उनले तीनधारेमा स्टेडियम बनिरहेको र यसको लागि अघिबाटै शिलान्यास गरिएको बताएका छन्। उनले जनताले बुझेर नै भोट हाल्दै विकासको गर्न सहयोग गर्ने बताएका छन्।