मालदाः त्रिस्तरीय पञ्चायत चुनाउअघि जलालपुरमा राजनीतिक माहोल गर्मिएको छ। मङ्गलवारपछि बिहीवार बिहान एक पल्ट फेरि जलालपुरमा बमबारी र गोलीबारीको घटना घटेको छ।
कांग्रेस र तृणमूल दुवैले गोलीबारी र बमबारीको लागि एक-अर्कालाई जिम्मेवार ठहर गरेको छ। यद्यपि, घटनामा कोही हताहत भएको कुनै खबर छैन। सूचना पाएपछि चांचल एसडीपी ओ शुभेन्दु मण्डलको नेतृत्वमा भारी संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो। पुलिसद्वारा घरहरूको तलाशी लिँदैछ।
वस्तुतः मङ्गलवार दिउँसो चुनाउ प्रचारमा जलालपुरमा सत्ताधारी दल र कांग्रेसबीच भारी तनाव भएको थियो। दुवै दलबीच जमेर झड़प भएको थियो। त्यस दिन बम र गोली पनि चलेको आरोप छ। घरहरूमा तोड़फोड़ जस्ता घटनाहरू पनि भएका थिए। यही घटनालाई केन्द्र गरी आज बिहान क्षेत्रमा बमबारी र गोलीबारीको घटना भएको जानकारी छ।
-हिस