नाम्चीः बर्फुङ समष्टिका विभिन्न वार्डहरुमा क्षेत्र विधायक टीटी भाेटियाको अगुवाइमा चलिरहेको जनसम्पर्क एवं सिक्किम सरकारको योजनाअन्तर्गत विभिन्न सहुलियतहरूका लागि लाभार्थीहरू चयन गर्ने वार्ड सभा कार्यक्रम आज लामातेन तिङमो ग्राम पञ्चायत एकाईकाे बिरिङ, तिङमो र लामतेनमा वार्डमा सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव कविता सापकोटा प्रमुख अतिथिको रुपमा उपस्थित रहेकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथि अतिरिक्त राजनीतिक सचिव कविता सापकोटाले वर्तमान सरकारको योजनाहरुबारे प्रष्ट पार्दै सरकारले पूर्णरुपले जनहितमा काम गरेको बताइन्।
कार्यक्रममा विधायक टीटी भाेटियाले वर्तमान सरकारसँग मिलेर पूर्णरुपले गठबन्धनको धर्म निभाउॅंदै क्षेत्र विकासको लागि काम गर्दै आएकोे बताए। वर्तमान सरकारले पनि पूर्ण सहयोग गरिरहेको उनले बताए। वर्तमान सिक्किम सरकारको मुख्यमन्त्रीको निर्देशनमा घर दहिलोमा सरकारको नाराको साथ विधायक, विभाग लगायत पार्टी कर्याकर्ताहरूले वार्डमा सभा गरेको उनले बताए। विधायकले ५ वर्ष क्षेत्रमा आफू सरकारमा मिलेर काम गरेको बताउॅंदै वर्तमान सरकारले राजनीति नगरि सबै गारीबलाई सहूलियत वितरण गरेको उल्लेख गरे।
कार्यक्रममा एसकेएम सीएलसी अध्यक्ष प्रकाश गुरुङ, खण्ड विकास अधिकारी रोशन राई आदिले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा लेगशीप तिङमो प्रादेशिक क्षेत्रकी जिल्ला पञ्चायत सदस्य मिङमा साङ्गे शेर्पा, पञ्चायत सभापति सुनिता राई, पञ्चायत सदस्यगण, एसकेएम राज्य स्तरीय युवा मुख्य सञ्योजक साेनाम पिन्चो भाेटिया, एसकेएम पार्टीका नाम्ची जिल्ला कार्यकारीणी समितिका अध्यक्ष टेनी डोमा भाेटिया, ठेकेदार संघका सदस्य किरण गुरुङ, अतिरिक्त निर्देशक याकुप राई, समाज कल्याण विभाग निरीक्षक शरुप तामङ, ग्राम पञ्चायत प्रशासन केन्द्रका विभागीय कर्मचारीहरू, स्थानीय गाउँलेको उपस्थिति रहेको थियोे।
-हिस