शोभनका छोराले पिताको लागि सोशल मीडियामा लेखे पोस्ट

00-1-Rajya-Samachar-1

कोलकाताः कोलकाता नगर निगमका पूर्व मेयर एवं एक समयमा मुख्यमन्त्री ममता ब्यानर्जीका अतिनै खास शोभन चटर्जीका छोराले आफ्नो पिता विरूद्ध नै सोशल मीडिया पोस्ट गरेका छन्। बैशाखी ब्यानर्जीका साथ पिताको अवैध सम्बन्धहरूलाई लिएऱ उनले आफ्नो व्हाट्सएपमा स्टेटस लगाएका छन्। यसमा उनले भने, पिताको यो घृणापूर्ण कार्य अब सहनु गाह्रो भइरहेछ। शोभनका छोराको नाम ऋषि चटर्जी हो।

उनले आफ्नो व्हाट्सएप स्टेटसमा लेखेका छन्, उनी कसरी अन्य महिलाको साथ घुम्न सक्छन् ? महिलासित कसरी व्यवहार गर्नुपर्छ, यो पनि थाहा छैन। आफ्नो र आफ्नो परिवारको न्यायको निम्ति लड्नेछु। आफ्नो पिताको नाम लिएर ऋषिले लेखेका छन्, ढल्दो उमेरमा प्रेमिका खोज्ने कोलकाताका पूर्व मेयर शोभनलाई नमन।

उल्लेख्य, शोभन चटर्जीले आफ्नी पत्नी रत्ना विरूद्ध पनि तलाकको मामिला दर्ता गरेका छन् र लामो समयदेखि बैशाखीको साथ बसिरहेका छन्। बैशाखी एक कलेजमा शिक्षिका हुन्, विवाहित हुन् र उनको पति पनि छ। तरैपनि दुवैको प्रेम प्रसंग प्रायः मीडियामा चर्चामा रहनेगर्दछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement