भाजपा उम्मेदवारमाथि घरभित्र पसेर छुरीले हमला

00-1-Rajya-Samachar-1

कोलकाताः उत्तर २४ परगनाको अशोकनगरबाट भारतीय जनता पार्टीका पञ्चायत उम्मेदवार श्यामल दासमाथि प्राणघातक हमला भएको छ। सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका कार्यकर्ताहरूले घरभित्र पसेर उनी, उनकी पत्नी र परिवारका अन्य सदस्यहरूलाई बर्बर तरीकाले कुटेको आरोप छ।

बिहीवार बिहान भाजपाको तर्फबाट जारी बयान अनुसार, अशोकनगरको बीड़ा राजीव पुर ग्राम पञ्चायतबाट भाजपा उम्मेदवारसित अबेर राति तृणमूल कार्यकर्ताहरूले घरभित्र पसेर बर्बार तरीकाले कुटपीट गरेका छन्। उनको टाउको फुटेको छ। उनलाई छुरी पनि घोपिएको छ। उनकी पत्नीसित पनि मारपीट गरिएको छ र लुगा च्यातिएको छ।

भाजपा उम्मेदवारको पनि लुगा खोलेर नग्न बनाइएको थियो। पछि गाउँलेहरू एकत्र हुँदा आक्रमणकारीहरू त्यहाँबाट भागे। गम्भीर अवस्थामा उनीहरूलाई अस्पतालमा भर्ती गराइएको छ। अशोकनगर थानामा मामिला दर्ता भएको छ तर कसैलाई पक्राउ गरिएको छैन। बिहीवार बिहानैदेखि क्षेत्रमा तनावको स्थिति छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement