कुचबिहारः जिल्लाको उत्तर विधानसभा केन्द्रको डाङडिङ गुड़ी क्षेत्रको देवीरहाट क्षेत्रमा भाजपाको बुथ कार्यालयमा तोड़फोड़को आरोप सत्तारूढ़ तृणमूल कांग्रेसमाथि लागेको छ।
बदमाशहरूले रातको अन्धकारमा यस घटनालाई अन्जाम दिएको भाजपाले आरोप लगाएको छ। बिहीवार बिहान बुथ कार्यालयमा तोड़फोड़को खबर आउनसाथ भाजपा उम्मेदवार र समर्थकहरू घटनास्थलमा पुगे। यसपछि यसको सूचना पुलिसलाई दिए। सूचना पाएर पुन्डीबारी थाना पुलिस घटनास्थलमा पुग्यो।
पराजयको डरले हिजो राति तृणमूल कांग्रेसकाले पहिले बुथ कार्यालयमा तोड़फोड़ गरेको औं यसपछि झण्डा र फेस्टूनलाई नजिकको पोखरीमा फ्याँकेको भाजपाले आरोप लगाएको छ। यद्यपि, तृणमूलले भाजपाको आरोपहरूलाई खारेज गरेको छ।