कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउको निम्ति मतदानको केवल ४८ घण्टाअघि बीरभूम जिल्लामा हिंगला ग्राम पञ्चायतको भाजपा बूथ उपाध्यक्ष दिलीप म्हारा (४८) को हत्या भएको छ। उनको शव घर छेउ सड़कमा फ्याकिएको छ। घटना बुधवार रातिको हो। भाजपाले बिहिवार बिहान जारी गरेको बयानमा भनेका छ, बुधवार रातिदेखि उनी हराएका थिए। आज बिहान उनको शव सड़क छेउमा भेटियो। उनको घॉंटीमा चोटको दाग छ। पुलिसले मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ। बीरभूमका पुलिस अधीक्षक राज नारायण मुखर्जीले यसको पुष्टि गरेका छन्।
यस अतिरिक्त, मुर्शिदाबादको बेलडांगा महेशपुर गाउॅंमा आज बिहान एक व्यक्तिको शव घर छेउमा भेटियो। घटना स्थलमा बम बॉंधने सामान पनि भेटिएको छ। मृतकलाई कमाल शेखको रूपमा चिन्हित गरिएको छ। स्थानीय मानिसहरूले उक्त व्यक्तिले बम सप्लाई गर्ने गर्थे भनी बताएको छ। यसका साथै पञ्चायत चुनाउमा मृतकहरूको संख्या बढ़ेर १८ पुगेको छ। मुर्शिदाबादमा कांग्रेस कार्यकर्ता रियाजुल मण्डल र अजबार मण्डलमाथि बुधवार राति बमले हमला गरियो। घटना मुर्शिदाबादको डोमकल घोडामारा पञ्चायतको हो। तृणमूल उम्मेदवार सजुमा बीवीका पतिसहित अन्य तृणमूल कार्यकर्ताहरूले हमला गरेको आरोप छ।
-हिस