बंगालमा लगातार हिंसाको क्रम जारी, जलपाइगढ़ी भाजपा जिल्ला अध्यक्षमाथि गोलीबारी

00-1-Rajya-Samachar-1

कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउको निम्ति शनिवार मतदान हुनेछ। त्यसअघि जलपाइगढ़ीमा जिल्ला भाजपा अध्यक्षलाई केन्द्र गरी गोलीबारी भएको घटना अघि आएको छ। यस सम्बन्धमा कोतवाली थानामा मामिला दर्ता गरिएको छ।

स्थानीय सूत्रहरू अनुसार, बुधवार मध्य रातमा मण्डल अध्य़क्ष स्वप्न दत्त र जिल्ला भाजपा अध्यक्ष बापी गोस्वामी प्रचार समाप्त गरी चार चक्के गाड़ीमा फर्किरहेका थिए। जलपाइगढ़ी सदर ब्लकको बहादुर ग्राम पञ्चायत क्षेत्रमा हेलमेट लगाएका दुई बाइक सवारले उनीहरूको गाड़ीलाई घेरेर गोलीबारी शुरू गरे। हमलामा दुवै भाग्यले बाँचे। गाड़ीको अघिल्लो ऐनामा गोली लाग्दा ऐना फुटेको छ जबकि देब्रेतिरको ऐना पनि फुटेको छ।

तृणमूलका कार्यकर्ताहरूले त्यही समय ढुंगामुड़ा गरेको पनि आरोप छ। यो हमला पूर्व नियोजत रहेको दाबी छ। यस मामिलामा त्यही समय बापी गोस्वामीले स्थानीय थाना र जिल्ला पुलिस अधिक्षकसित सम्पर्क गर्ने प्रयास गर्दा तुरन्तै मद्दत पाइएन। उल्लेख्य, पश्चिम बंगालमा अहिलेसम्म १६ जना चुनावी हिंसाको बली चढ़ी सकेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement