कालचिनीः चुनाउ प्रचारको बिहीबार अन्तिम दिन रहेकोले भाजपा ७, ८ र ९ नम्बर मण्डल कमिटी अधीन रहेको विभिन्न ग्राम पञ्चायत क्षेत्रमा भाजपाले आ-आफ्नो प्रार्थीहरूको पक्षमा चुनाउ प्रचार गरेको जानकारी भाजपा कालचिनी विधानसभा संयोजक आलोक मित्रले दिएका छन्।
भाजपा जिल्ला परिषद प्रार्थीहरू पुष्कर लामा, सुषमा तामाङ र रुमा मंगर छेत्री लगायत सम्बन्धित पञ्चायत समितिको सदस्यहरू लगायत ग्राम पञ्चायत प्रार्थीहरूको पक्षमा भाजपाले भोट माग्दै गाउँ गाउँमा ऱ्याली पनि निकालेको थियो।
यस क्रममा भाजपाले लोथाबारी ग्राम पञ्चायत क्षेत्रको प्रार्थीहरूको पक्षमा लोथाबारी, निमती झोड़ा, हेमिल्टनगञ्ज क्षेत्रमा पुनः भ्रष्टाचारमुक्त ग्राम पञ्चायत गठन गर्न सबैले भाजपा प्रार्थीहरूलाई भोट दिने अपिल गरे।