कालचिनीः आगामी शनिबारको दिन सम्पन्न हुने त्रिस्तरीय पञ्चायत चुनाउको भोट प्रचार प्रसार आज साँझदेखि बन्द हुनाले बिहीबार विभिन्न दलका प्रार्थीहरूले प्रचार प्रसार आ-आफ्नो गाउँमा गरिरहेको क्रममा तृणमूल प्रार्थीहरूलाई लिएर कालचिनीमा ऱ्याली निकालियो।
तृणमूल नेता हैदर अली अन्सारी लगायत ओमदास लोहारको नेतृत्वमा कालचिनी गोदाम लाईनबाट कालचिनी राङ्गामाटी रोड हुँदै कालचिनी चौपतिसम्म परिक्रमा गर्दै उक्त ऱ्याली पुन गोदाम लाईनमा पुगेर समापन भएको थियो। यस सम्बन्धमा तृणमूल नेता हैदर अली अन्सारीले तृणमूल सरकारले गरेको विकासको कामलाई लिएर चुनाउ प्रचार गरीएको बताउँदै भाजपाले मूल्यवृद्धि मात्र गरेर जनतालाई सताएको बेलामा तृणमूललाई जनताले विपुल मत खसालेर जिताउने दाबी गरेका छन्।