पञ्जाबदेखि भागेको अपराधी जयगाउँबाट पक्राउ

04338345-5835-46ac-ae44-8acdf1b1a276

कालचिनीः पञ्जाब पुलिस र बंगालको अलिपुरद्वार जिल्ला अन्तर्गत पर्ने जयगाउँ पुलिस स्टेशनको पुलिसबलले पञ्जाबबाट भागेका एक हत्या आरोपीलाई जयगाउँबाट पक्राउ गरेको छ। मङ्गलबार राति उक्त व्यक्तिलाई जयगाउँको सुपर मार्केट नजिकैको होटलबाट पक्राउ गरिएको थियो भने उनी भोटाङतर्फ भाग्न खोजिरहेका थिए। पुलिस सुत्रले जनाए अनुसार पक्रा परेका अपराधीको नाम जसप्रीत सिंह ( २२) हो। उनी पञ्जाबको तरनतारन जिल्लाका बासिन्दा रहेको बताइएको छ। ८ जुनको दिन जसप्रीत सिंहले पटियालामा तीन जनालाई आक्रमण गरे जसमा एक जनाको मृत्यु भएको थियो। यिनको खालिस्तान समर्थक संगठनसँग सम्बन्ध रहेको बताइएको छ।
पक्रा परेका व्यक्तिलाई सोधखोज गर्न जयगाउँ थाना पुगेका थिए जहाँ उनीसँग करिब 3 घण्टा सोधपुछ गरिएको थियो। त्यसपछि उनलाई अलिपुरद्वार अदालत लगिएको थियो जहाँबाट उनलाई ट्रान्जिट रिमान्डमा पञ्जाब लगिएको बताईएको छ। पञ्जाबबाट जयगाउँ आएका डीएसपी डिटेक्टिभ पटियाला गुरेन्दर वीर सिंहले पञ्जाबको पटियाला जिल्लामा अपराधिक घटना घटाएर भागेको जसप्रीत सिंहको भएको खोजी चलिरहेकोबीच जयगाउँ पुगेको जानकारी प्राप्त भएपछि जयगाउँ पुलिसलाई सम्पर्क गरेर त्यसपछि जयगाउँ पुलिसको सहयोगमा यिनलाई पक्राउ गर्न सफल भएको जनाएका छन्। अपराधी जसप्रीत सिंह खालिस्तानी हो वा होईनन् यस सम्बन्धमा डिएसपी डिटेक्टिभ पटियाला गुरेन्द्र वीर सिंहले यो अनुसन्धानको विषय रहेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement