सिलगढी : पार्टी छाडेकालाई कुनै पनि हालतमा पार्टीमा फिर्ता ल्याइने छैन, कसैले पार्टी विरोधी काम गरे पार्टीबाट निकालिनेछ। सिलगढीका मेयर गौतम देवले डाबग्राम नम्बर २ ग्राम पञ्चायतको कानकाटा मोडमा रहेको तृणमूल कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा यो कुरा बताए। मेयरले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी साथै उनले पार्टी विरोधी काम गर्नेलाई पार्टीबाट निष्कासन गरिसकेको बताए। अनुरोध गर्दा पनि उनीहरूलाई पुनर्स्थापित गरिने छैन। मेयरले यो कुरा अभिषेक ब्यानर्जीलाई बताइसकेका छन् । उनले तृणमूल कांग्रेसको शासनकालमा डाबग्राम फुलबारी क्षेत्रमा धेरै विकास कार्य भएको बताए। तर यहाँका विधायकले कुनै काम गरेनन् । जनताले मौका दिनुभयो भने यस क्षेत्रको विकासका कामलाई अगाडि बढाउने छौँ । मेयरले चुनावपछि मुख्यमन्त्रीसँग छलफल गरेर डाबग्राम-फुलबारी क्षेत्रलाई सिलगढी नगरपालिकाअन्तर्गत ल्याउन अनुरोध गर्ने बताए।