गोरूवथान। गत २६ जुनको दिन समपन्न भएको जिटिए चुनावको फलाफल आज घोषणा भयो। ४३ नम्बर समष्टि गोरुबथानबाट आठजना प्रार्थीहरूले यस चुनावी मैदानमा भाग लिएका थिए। भागोप्रमोबाट रतन थापा, हाम्रो पार्टीबाट जोन ब्रिटो सर कग्रेसबाट दीर्घमणि राई, निर्दलीय उम्मेद्वारको रुपमा राज तामाङ, तेन्हाङ राई, अनिस तामाङ, हेमराज सुब्बा,राम सिङ तामाङ चुनावी मैदानमा उत्रेका थिए।आज जीटीए चुनाउको गणना सम्पन्न भयो। गोरूबथान ४३ नम्बर समष्टि भागोप्रमो उम्मेद्वार रतन थापाको जीत भएको छ। तिनको जीतले समर्थकहरूमा खुशीको लहर छाएको छ।
यसपल्ट ४३ नम्बर समष्टिबाट आठजना प्रार्थीले यस प्रकार भोट पाएका छन्।
रतन थापा ९७११
हेमराज सुब्बा २५०७
जोन ब्रिटो सर १५०६
राज लामा १४०७
दीर्घमणि राई २५७
रामसिंह तामाङ २२७
तेन्हाङ राई २१२
अनिस तामाङ १८६
तिनको जीतले समर्थकहरूमा खुशीको लहर छाएको छ।