नयाँ दिल्ली: सर्वोच्च अदालतले पश्चिम बंगालको बहुचर्चित शिक्षक भर्ती घोटालामा तृणमूल कांग्रेसका नेता अभिषेक ब्यानर्जीको ईडी नोटिसविरूद्ध दर्ता याचिकामा १० जुलाईमा सुनवाई गर्नेछ। आज अभिषेक ब्यानर्जीको तर्फबाट अधिवक्ता कपिल सिब्बलले मुख्य न्यायाधीश डी वाई चन्द्रचूड़को अध्यक्षता रहेको बेञ्चलाई भन्नुभयो, ‘श्री अभिषेक ब्यानर्जीलाई हवाई अड्डामा पनि जाने अनुमति दिइएको छैनl’ त्यसपछि अदालतले १० जुलाईमा सुनवाई गर्ने आदेश दियो।
यसअघि ग्रीष्मावकाशमा सुप्रीम कोर्टले अभिषेक ब्यानर्जीलाई सीबीआई र ईडीको तर्फबाट सोधपुछ गरिने कलकत्ता हाईकोर्टको आदेशमा रोक लगाउन खारेज गरेको थियो। सुप्रीम कोर्टको अवकाशकालीन बेञ्चले हाईकोर्टको तर्फबाट अभिषेक ब्यानर्जीमाथि लगाइएको २५ लाख रूपियाँको जरिनामाको आदेशमा रोक लगाएको थियो।
मईमा कलकत्ता हाईकोर्टले अभिषेक ब्यानर्जीको याचिका खारेज गर्दै भनेको थियो, ब्यानर्जी सत्ताधारी दलका प्रमुख नेता हुन् र उनी जाँचदेखि भाग्नु हुँदैन। तर उनले जाँचको विरोध गरिरहेका छन्। उनले जाँचको माध्यमले आफूलाई निर्दोष प्रमाणित गर्नुपर्छ। हाईकोर्टले सख्त टिप्पणी गर्दै राज्य पुलिसले अभिषेक ब्यानर्जीको मद्दत गरिरहेको देखा परिरहेछ भनेको थियो।