तन्जानियामा आईआईटी मद्रास क्याम्पसको स्थापनालाई लिएर समझौता ज्ञापनमा हस्ताक्षर

IIT-Madras_FB-770x435.webp

नयाँ दिल्ली: तन्जानियामा आईआईटी मद्रास क्याम्पस स्थापित गर्नलाई लिएर एक समझौता ज्ञापनमा हस्ताक्षर भएको छ। विदेशमन्त्री डा. एस जयशंकर तन्जानियाको यात्रामा छन् र उनी यस समझौता ज्ञापनमा हस्ताक्षर गरिनुको साक्षी बने। विदेश मन्त्रीले ट्वीट गरे, ‘आईआईटी मद्रास जान्जीबार परिसरको स्थापनामा सम्झौतामा हस्ताक्षरको साक्षी बनें। यस अवसरको शोभा बढ़ाउनका लागि म राष्ट्रपति हुसैन अली र उनका मन्त्रीहरूको उपस्थितिको पनि सराहना गर्दछु। यस ऐतिहासिक कदमले ग्लोबल साउथ (विकासशील देशहरू) प्रति भारतको प्रतिबद्धतालाई दर्शाउँदछl’ यसबाहेक विदेश मन्त्रीले जान्जीबारका राष्ट्रपतिको साथ आईएनएस त्रिशूलमाथि आय़ोजित डेक रिसेप्शनमा भाग लिए। उनले यस अवसरमा संसद अध्य़क्ष, मन्त्रीहरू, सांसदहरू, तन्जानिया रक्षा बलहरूका वरिष्ठ अधिकारीहरू र भारतीय प्रवासीहरूको उपस्थितिको स्वागत जनाए। ‘आज जान्जीबारमा आईएनएस त्रिशूलको उपस्थिति हाम्रो ”सागर” प्रतिबद्धतालाई दर्शाउँदछ’, उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement