मेक्सिकोमा बस भीरबाट तल झर्दा २९ को मृत्यु, १९ घाइते

48053b33-95d8-4c0f-8707-9d9d0e75bcf1-1.jpg

मेक्सिको सिटी: मेक्सिकोमा एउटा बस भीरबाट तल झर्दा २९ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्। यो बस मेक्सिको सिटीदेखि दक्षिणी मेक्सिकन राज्य ओक्साकाको शहर योसोन्जुआ गइरहेको थियो। ओक्साकाका आन्तरिक मन्त्री जीसस रोमेरोले भने, ‘बुधबार भएको यस दुर्घटनामा एक शिशु, १३ पुरूष र १३ महिलाको घटनास्थलमै मृत्यु भयो। २१ घाइतेलाई अस्पताल पुऱ्याइयो। त्यहाँ दुईजनाको उपचार भइरहेको बेला मृत्यु भयो। अन्य १९ जनाको उपचार भइरहेछ। यसमध्ये १० जनाको स्थिति चिन्ताजनक छ।
आन्तरिक मन्त्री जीसस रोमेरोअनुसार, स्थानीय समयानुसार बिहान लगभग ६.३० बजे भएको यस दुर्घटनामा अचानक चालकले नियन्त्रण गुमाउँदा बस भीरबाट तल झरेको बताइँदैछ। यो दुर्घटना मेग्डेलेना पेनास्को शहरमा भयो। ओक्साकाका राज्यपाल सलोमनले दुर्घटनामा शोक व्यक्त गरेका छन्। उनले प्रशासनलाई प्रभावित मानिसहरूको मद्दत गर्ने आदेश दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement