राज्य निर्वाचन आयोगले एडवाडर्सलाई दिए वचन

IMG-20230706-WA0323.jpg

पुलिस बुथभित्र मोइबल फोनको प्रयोग गर्नेहरू विरूद्व कार्यवाही गरिने

दार्जीलिङ: पुलिङ बुथभित्र मोबाइल फोन आदि जस्ता विषयहरू प्रयोग गरी रहेको कसैले देखे एंव भेटे राज्य निर्वाचन आयोगले तुरून्त जानकारी गराउने निर्देश दिएको हाम्रो पार्टीको महकुमा समिति प्रवक्ता राहुल गुरूङले जनाएको छ। गत जीटीए सभाको चूनावमा पुलिङ बुथभित्र एंव बुथको आसपासको क्षेत्रहरूमा मोइबल फोन आदि जस्ता विषयहरूको प्रयोग गरेर मतदाताहरूको मनमा डर र भय उत्पन्न गराउने आदि जस्ता कार्यहरू गरेका थिए। यी विषयहरूलाई ध्यान राख्दै गत केही दिन हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले राज्य निर्वाचन आयोगलाई एक पत्र पठाएका थिए। अध्यक्ष अजय एडवाडर्सको सो पत्रको प्रतिउत्तर दिँदै निर्वाचन आयोगले कुनै पनि बुथमा मोबाइल फोन आदि जस्ता विषयहरू प्रयोग गरेको देखे एंव भेटे तुरून्तै जानकारी गराउने जानकारी गराएको छ। राज्य निर्वाचन आयोगको पत्र संख्या ०५ एडीएमएलआर एमसीसी २०२३ मा निर्वाचन आयोगले पुलिङ बुथभित्र अप्रिय घटनाहरू घटेको अथवा कसैले मोइलबल फोन प्रयोग गरी रहेको देखे एंव भेटे तुरून्तै जानकारी गराउने निर्देश जारी गरिएको छ। जसको निम्ति राज्य निर्वाचन आयोगले विशेष अब्जर्बर नियुक्ति गरेको छ।दार्जीलिङ र कालेबुङ जिल्ला अब्जर्बरको रूपमा प्रभु दत्त, डेविड प्रधान आईएएसलाई नियुक्ति गरिएको जारी गरिएको पत्रमा अवगत गराएका छन साथै अब्र्जबरको ईमेल र मोइबल नम्बर पनि जारी गरिएको छ। सो ईमेल र मोइबल नम्बरमा प्राथमिकी दर्ता गर्न सक्नु हुनेछ भन्ने राहुल गुरूङले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement