भोट बैंक मात्र नबन्नोस होस, गाउँ विकाशको निम्ति हाम्रो पार्टीलाई साथ दिनोस: बम्जन

IMG-20230706-WA0307.jpg

दार्जीलिङ: पूलूङदुङको जनतालाई भोट बैंक मात्र बनाएको हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता एंव सभासद सन्नी बम्जनले बताएका छन।तकदाह ग्लेनवर्ण समष्टि अन्तर्गत पर्ने पूलूङदुङमा हाम्रो पार्टीको चूनावी सभा सम्पन्न भयो।आयोजित सभामा पार्टी केन्द्रीय कार्यकर्ता एंव सभासद सन्नी बम्जनले पहाडको राजनैतिक दलहरूले पूलूङदुङको जनतालाई केवल भोट बैंक मात्र बनाएको बताए।यस क्षेत्रमा एउटा सर्वजनिक भवन समेत नभएको बताउँदै यो भन्दा ठूलो दुख लाग्दो विषय अरू के हुन सक्छ भन्दै बम्जनले प्रश्न तेर्साए।तिनले अधि भने यस क्षेत्रमा बाटोको खनन कार्य भएको छ अनि यो खनन कार्य अजय एडवाडर्सले रोटी बेचेर जमाएर गरिएको कार्य हो।यो बाटोको जिम्मा मैले लिएको छु, अहिले बर्खायाम शुरू भएको कारणले गर्दा सोलिङ लगाउने कामहरू स्थगित गरिएको हो।आफु लगायत यस क्षेत्रका प्रत्येक मानिसहरूले यो बाटो निर्माणको कार्यमा अहम भूमिका निभाएको बम्जनले बताए। तिनले अधि भने म यस क्षेत्रको निर्वाचित सभासद हुॅ तर आजसम्म मैले बेतन समेत पाएको छुइन, मैले समष्टिमा गर्नु पर्ने विकाशको कार्यहरूको निम्ति तय राशीहरू पनि उनीहरूले नै खर्च गर्दै आई रहेको सुन्दैछु तर मैले बेतन नपाउदा भोको भएको छुइन, मैले मेरो गोजीबाट सर्वजनिक भवन आदि जस्ता कार्यहरू गर्दै आई रहेको छु बम्जनले भने। हाम्रो पार्टीको यी उम्मेद्वारहरू आफ्नो गाउँको निम्ति केही गर्छु भन्ने जोश र उत्साह लिएर आएका छन, यस क्षेत्रका जनताले यति पनि बुझदैनन भने भोलीको दिनमा यस क्षेत्रको अवस्था अझ सोचनीय भएर जानेछ बम्जनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement