अग्निपथ योजनाबारे केन्द्रको पत्र लिएर मुख्यमन्त्री ममता ब्यानर्जीको कडा प्रतिक्रिया

मुख्यमन्त्री ममता ब्यानर्जी l फाइल फोटो

कोलकाता: अग्निपथ योजनाको विरोध जारी छ। यस योजनाको विरोधमा विपक्षी दलहरूले निरन्तर आवाज उठाइरहेका छन्। यसैबीच पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले केन्द्र सरकारमाथि कडा आलोचना गरेकी छन्। उनले अग्निवीरलाई भाजपा कार्यकर्ताको रूपमा व्याख्या गर्दै भनेकी छन्, ‘मैले भाजपाका मानिसहरूलाई किन नोकरी दिनु?’ यसअघि उनले  भाजपाले अग्निपथ योजनामार्फत सशस्त्र कार्यकर्ता बनाएको आरोप लगाएकी थिइन्। वास्तवमा, सेनामा चार वर्षपछि अवकाश लिने अग्निवीरलाई धेरै राज्यमा नोकरी दिने घोषणा गरिएको छ। यस्तो अवस्थामा केन्द्रले पनि राज्यहरूलाई अग्निवीरहरूलाई प्राथमिकता दिन लगातार अपील गरिरहेको छ। यसबारे केन्द्र सरकारले सबै राज्यलाई पत्र पनि लेखेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले केन्द्रको यो पत्रलाई लिएर कडा प्रतिक्रिया जनाएकी छन्।

एक कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘मलाई केन्द्रबाट पत्र आएको छl’ यसमा केन्द्रले चार वर्षपछि अग्निवीरलाई रोजगार दिन राज्य सरकारसँग अपिल गरेको छ। ‘उनीहरू चाहन्छन् कि मैले भाजपा कार्यकर्ताहरूलाई काम दिनुl हामीले किन यस्तो गर्नुपर्छ। मेरो पहिलो प्राथमिकता राज्यका युवालाई रोजगारी दिनु हो’, उनले भनिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *