लुटपाटको उद्देश्यले भेला भएका ३ युवा पक्राउ

1ad0b979-face-4f46-913f-b4dbccf28b72

सिलगढी: भक्तिनगर थानाले लुटपाटको लागि भेला गरेको आरोपमा साहुडांगी नदी क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई जलपाइगढी अदालतमा पठाइएको छ।
गोप्य स्रोतबाट प्राप्त सुचनाको आधारमा भक्तिनगर पुलिस टोलीले सादा पोशाकमा गएराति साहुडाँगी खोला छेउछाउमा छापा मारेको पुलिस स्रोतले जानकारी दिएको छ। त्यहाँबाट लुटपाटको उद्देश्यले भेला भएका ३ जना पक्राउ परेका छन्। अभियुक्तमा माणिक बर्मन, रोनी क्षेत्री र विवेक मण्डल रहेका छन्। तीनै जनालाई बिहीबार जलपाइगढी अदालतमा पेश गरिएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement