गोरामुमो अध्यक्ष मन घिसिङ विभिन्न क्षेत्रमा भ्रमण

IMG-20230706-WA0285.jpg

सुके: आज गोरामुमो अध्यक्ष मन घिसिङले पहाडको विभिन्न क्षेत्रमा भ्रमण गरेका छन्। भ्रमणको क्रममा सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत सुके बजारमा भ्रमण गरि पोख्रेबुङ नागरी समष्टि अनि सुके मानेभञ्ज्याङ समष्टिका प्रतिनिधिवर्ग साथै कार्यकर्ताहरुलाई भेटघाट गरि विभिन्न विषयहरुमा चर्चा परिचर्चा गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। यसैक्रममा अध्यक्ष मन घिसिङले पञ्चायत चुनावका प्रार्थीहरुलाई पनि भेटघाट गरि शुभकामना दिएका छन्। आफ्नो भ्रमण लाई जारी राख्दै अध्यक्ष मन घिसिङले सिमाना, पशुपति फाटक, सेवक सोलेमोड, छब्बिसेका प्रतिनिधिबर्ग अनि कार्यकर्ताहरु संग भेटघाट गर्दै राजनैतिक विषय लगायत पार्टीको सांङ्ठनिक गतिविधिहरुको पनि चर्चा परिचर्चा गरेका छन्।भ्रमणको क्रममा गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य अमर तामाङ, सुके मानेभञ्ज्याङ समष्टिका अध्यक्ष अशोक बराइली, उपाध्यक्ष हेमराज सुब्बा समष्टि प्रतिनिधि बर्ग, संजोक गुरुङ, पप्पु अन्सारी उपस्थित रहेको जानकारी दिएका छन्। यसै क्रममा प्रवक्ता वाई लामाले बिज्ञप्ति जारी गर्दै भने, पञ्चायत चुनावमा प्रत्येक ग्रामवासीले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्ने यदि हाम्रो मतदान प्रलोभन तिर गए हाम्रो छोराछोरी भावी सन्तान र पहाडको भविष्य बिक्री भएको जस्तो हुनेछ। यसको प्रतिफल हाम्रो सन्तानले भोलि गएर नराम्रो दिनहरु भोग्नु पर्ने अवस्था आउनेछ र यसको जिम्मेवार आठ तारिख मतदान गर्नेहरुनै हुनेछ। यसकारण तपाईंहरुको बहुमुल्य भोट आफ्नो विवेक प्रयोग गरि मतदान गरिदिने वाई लामाले अपिल गरेका छन्। यसैक्रममा गोरामुमो अध्यक्ष मन घिसिङले मिरिक भ्रमण गरि पार्टी कार्यलयमा कार्यलयमा मिरिक ब्राञ्च कमिटी समष्टि कमिटी, भ्रातृ संगठन लगायत कार्यकर्ताहरुलाई सम्बोधन गरे। आफ्नो भ्रमणको क्रममा बुङकुलुङ अनि तराई पानीघट्टा, पुटुङ, खोप्रेलको पनि भ्रमण गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement