६ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा ल्याण्ड रिफर्म्स इलेभेन र सिंहमारी लायन्स क्लबबीच बिहीवार खेलिएको म्याच २-२-ले ड्र रह्यो। दार्जीलिङको लेबोंग स्टेडियममा खेलिएको ग्रुप बी-को यस म्याचमा सिंहमारी लायन्स क्लबबाट नकुल राई र सन्दीप लिम्बुले गोल गरे। यसरी ल्याण्ड रिफर्म्स इलेभेनबाट दिवस लेप्चा र पासंग लेप्चाले गोल गरे। यस म्याचमा रेफरीको भूमिका रमेश राईले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा उज्ज्वल राई र रेमण्ड तामाङ रहेका थिए।

यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।