६ जुलाईः वेष्ट इण्डिज विरुद्ध पाँचवटा म्याचको टी२० सीरीजको निम्ति भारतीय टीमको घोषणा गरिएको छ। यस सीरीजमा हार्दिक पाण्ड्या कप्तान अनि सूर्यकुमार यादव उपकप्तान हुनेछन्। पूर्व भारतीय क्रिकेटर आकाश चोपड़ाले वेष्ट इण्डिज विरुद्ध सीरीजको निम्ति सूर्यकुमारलाई उपकप्तानी सुम्पिने फसेलाको समर्थन गरेका छन्। उनले सूर्यकुमार आफ्नो प्रदर्शनको दममा उपकप्तान बनेको बताए। चोपड़ाले भने, वेष्ट इण्डिज विरुद्ध टी२० सीरीजको निम्ति सूर्यालाई उपकप्तान बनाउने फसेला सही हो। खेलमा निरन्तर प्रदर्शनलाई ध्यानमा राखेर सूर्यालाई उपकप्तानी दिनु सही रह्यो। यो केवल टीममा वरिष्ठताको मामिला होइन। उनमा पर्याप्त अनुभव पनि रहेको छ। यसबाहेक हार्दिकलाई गत टी२० वर्ल्ड कपपछि कप्तानी दिइएको थियो। अब उनी आउँदो साल हुने टी२० वर्ल्ड कपसम्म पदमा रहने लगभग तय छ। यस युवा टीममा असाधारण परिणाम हासिल गर्ने क्षमता छ। उल्लेखनीय छ, साल २०२१-मा भारतको निम्ति टी२० प्रारूपमा पदार्पण गरेपछि सूर्यकुमार लगातार टीमका हिस्सा रहेका छन्। उनले अहिलेसम्म ४८ वटा टी२० अन्तर्राष्ट्रिय म्याचमा ४५ भन्दा अधिकको औसत र १७५ भन्दा अधिकको स्ट्राईक रेटले १६७५ रन बनाइसकेका छन्। यस अवधि उनले तीनवटा शतक पनि बनाए।