६ जूनः बंग्लादेश क्रिकेट टीमका कप्तान तमीम इकबालले तुरन्त प्रभावको साथ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे। उनले अफगानिस्तान विरुद्ध जारी तीनवटा वनडे म्याचको सीरीजको बीचमा यस्तो घोषणा गरेर सबैलाई चकित पारे। भारतमा यस साल हुने वनडे वर्ल्ड कपको तीन महिना अघि कप्तानको यस्तो फसेलाले बंग्लादेश टीमको समस्या अवश्यै बढ़्नेछ। आज सन्न्यासको घोषणा गर्नको साथै ३४ वर्षीय तमीमको १६ वर्षको अन्तर्राष्ट्रिय करियर पनि समाप्त भयो। बिहीवार प्रेस कन्फ्रेन्समा सन्न्यासको घोषणा गर्दा तमीमलाई निक्कै भावुक देखियो। तमीमले बताएअनुसार, सन्न्यास लिने धेरै कारणहरू रहेको छ, जसलाई उनी अहिले व्याख्या गर्न चाहँदैनन्।
तमीमले भने, यो मेरो अन्त हो। मैले आफ्नो सर्वश्रेष्ठ दिएँ। मैले आफ्नो सर्वश्रेष्ठ प्रयास गरे। म यसै क्षणमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइरहेको छु। हिजो अफगानिस्तान विरुद्ध खेलिएको म्याच मेरो अन्तिम अन्तर्राष्ट्रिय म्याच थियो। म तत्काल प्रभावको साथ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइरहेको छु। यो अचानक लिएको फसेला चाहिँ होइन। धेरै कारणहरू छ, जसलाई म यहाँ उल्लेख गर्न चाहदिनँ। मैले यसबारे आफ्नो परिवारसँग कुरा गरे। मेरो विचारमा अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने यो सही समय हो। उल्लेखनीय छ, तमीमले बंग्लादेशको तर्फबाट ७० वटा टेस्टमा १० वटा शतकको साथ ३८.८९-को औसतले ५१३४ रन बनाए। उनले आफ्नो अन्तिम टेस्ट म्याच अप्रेलमा आयरल्याण्ड विरुद्ध खेलेका थिए। यसरी उनले २४१ वटा वनडे इण्टरनेशनल म्याचमा ८३१३ रन बनाए। यसमा १४ वटा शतक र ५६ वटा अर्द्धशतक सामेल छ। यसरी ७८ वटा टी२० म्याचमा तमीमको नाममा १७५८ रन रहेको छ। उनले गत वर्ष टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।