होण्डा मोटरसाइकल एण्ड स्कूटर इण्डिया पश्चिम बंगालमा बन्यो २० लाख परिवारको पहिलो चाहना

कोलकत्ता: भारतको सांस्कृतिक राजधानीमा उपभोक्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्दै, होण्डा मोटरसाइकल एण्ड स्कूटर इण्डिया (एचएमएसआई)-ले आज पश्चिम बंगालमा दुईचक्के वाहनहरूको २० लाख यूनिट बिक्रीको ऐतिहासिक आँकड़ा पार गरेको घोषणा गऱ्यो।

पश्चिम बंगालमा २० लाख दुईचक्के उपभोक्ताहरूसँग जोड़िने होण्डाको यात्राः
साल २०२१-मा एचएमएसआई-ले आफ्नो पहिलो दुईचक्के वाहन एक्टिभाको साथ सञ्चालन शुरु गरेको थियो। भारतको प्रमुख दुईचक्के हब पूर्वी राज्यहरूमा पहिलो १० लाख उपभोक्ताहरूसम्म पुग्न होण्डालाई १७ साल लाग्यो। त्यसपछि तीन गुणा तेजीको साथ सन्तोषजनक अनुभव प्रदान गर्दै होण्डाले पश्चिम बंगालमा आफ्ना उपभोक्ताहरूका संख्या सफलतापूर्वक दोब्बर गऱ्यो। यसरी गत ५ सालमा १० लाख नयाँ उपभोक्ता होण्डासँग जोड़िएका छन्। उल्लेखनीय छ, राज्यमा एक्टिभा 6जी अनि शाईनको सर्वाधिक मागबीच २० लाखभन्दा अधिक दुईचक्के उपभोक्ताहरूले राईडको मजा लिइरहेका छन्। यस ऐतिहासिक उपलब्धिमा उपभोक्ताहरूलाई धन्यवाद दिँदै श्री आत्सुशी ओगाता, म्यानेजिंग डायरेक्टर, प्रेसिडेण्ट एण्ड सीईओ, होण्डा मोटरसाइकल एण्ड स्कूटर इण्डियाले भने, पश्चिम बंगालमा यस उपलब्धिसँग हामी खुशी छौं। एचएमएसआई र म राज्यमा आफ्ना उपभोक्ताहरू प्रति आभारी छौं, जसले होण्डाको गुणवत्ता र सेवाहरूमाथि पूरा भरोसा देखाए। दुईचक्के वाहनहरूका बढ़्दो मागबीच हामी असल सेवा र उत्कृष्ट अनुभव प्रदान गर्ने प्रयासहरूलाई निरन्तर जारी राख्नेछौं। आउँदो समयमा पनि आफ्ना उत्पादहरूका व्यापक शृंखलामा दुईचक्के समुदायलाई राईडिंगको असाधारण अनुभव प्रदान गर्न जारी राख्नेछौं।

पश्चिम बंगालमा प्राप्त भएको उपभोक्ताहरूका मायाको उत्सव मनायो होण्डालेः
दुईचक्के वाहनहरूका बढ़्दो मागको साथ होण्डा एक्टिभा र साई सबैभन्दा लोकप्रिय मोडलको रूपमा अघि आएको छ। राज्यमा होण्डाको २७० भन्दा अधिक टचपोइण्ट (जसमा डीलरशिप्स, अथोराइज्ड सर्विस सेण्टर र बेस्ट डील आउटलेट्स सामेल छ)-ले होण्डाको उपस्थितिलाई सशक्त बनाउँदछ। यसले उपभोक्ताहरूलाई बेजोड़ अनुभवको साथ आफ्नो मन पर्ने दुईचक्के वाहन किन्ने मौका प्रदान गर्दछ।
एचएमएसआई आफ्नो स्कूटरहरूका डायनामिक रेञ्जको साथ राज्यमा उपभोक्ताहरूलाई उत्कृष्ट सेवा दिन जारी राखेको छ। यस रेञ्जमा ४ मोडल-एक्टिभा ६जी, एक्टिभा१२५, डियो र ग्राजिया१२५ सामेल छ। यसबीच मोटरसाइकल क्याटगरीमा कम्पनीले ११० सीसी (सीडी ११० ड्रीम अनि लिवो), १२५ सीसी (एसपी१२५ र शाईन), १६० सीसी (एक्स ब्लेड अनि यूनिकर्न) र १८०-२०० सीसी (होर्नेट २.० अनि सीबी २००एक्स) सेगमेण्ट्समा ८ वटा आकर्षक मोडल पेश गर्दछ।

पश्चिम बंगालमा होण्डाको सीएसआर अनि सड़क सुरक्षा प्रयासः
होण्डा एउटा यस्तो कम्पनी बन्न प्रयासरत छ जो समाजको निम्ति अनुकूल हुनेछ। यसै दृष्टिकोणको साथ होण्डा मोटरसाइकल एण्ड स्कूटर इण्डियाले कलकत्ता र आसनसोलमा दुईवटा कौशल विकास केन्द्रको उद्घाटन गऱ्यो, जसले स्थानीय युवाहरूलाई नोकरी-उन्मुख तक्निकी कौशल प्रशिक्षण प्रदान गरी उनीहरूलाई सशक्त बनाउँदछ। साथै कम्पनीले स्कूल, कलेज अनि कर्पोरेट्समा नियमित प्रशिक्षणद्वारा १.५ लाखभन्दा अधिक नागरिकहरूलाई सड़क सुरक्षामाथि जागरूक बनाइसकेको छ। गत दुई दशकदेखि एचएमएसआई स्थायी विकास, सड़क सुरक्षा एवम् सीएसआर प्रयासहरूको माध्यमले देशभरिका मानिसहरूका जीवनमा सकारात्मक बद्लाउ ल्याइरहेको छ।

होण्डाको दुईचक्के वाहनको बुकिंगको निम्ति उपभोक्ताहरूका यात्राः
उपभोक्ताहरूले होण्डाको आधिकारिक वेबसाइट (www.honda2wheelersindia.com)-मा भिजिट गर्न सक्छन् अनि बुकनाउ ट्याबमा क्लिक गरेर आफ्नो मन पर्ने वाहनको बुकिंग प्रक्रिया शुरु गर्न सक्छन्, जसले उनीहरूलाई सीधा अनलाइन खरीद/बुकिंगको च्यानलमा लैजान्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *