कुचबिहार: पञ्चायत चुनावको अन्तिम दिन तृणमूल उम्मेदवारको घरमा बम प्रहार भएको छ। घटनालाई लिएर क्षेत्रमा सनसनी फैलिएको छ। घटना शितलकुचीको गडोपोटा गाउँको २१६ बुथमा भएको हो। बुथ नम्बर २१६ बाट तृणमूल कांग्रेसकी उम्मेदवार फजिला बिबीको घरमा बम प्रहार गरिएको बताइएको छ। घटनामा कांग्रेसलाई दोष लगाइएको छ। तर कांग्रेस नेतृत्वले भने आरोप अस्वीकार गर्दै आएको छ। तृणमूल उम्मेदवारले हिजो राति आफ्नो घरमा बम विस्फोट भएको आरोप लगाए। घटनाको जानकारी पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।