६ जुलाईः असाधारण फर्ममा रहने सर्बियाका स्टार खेलाड़ी नोवाक जोकोविचको साथमा महिला एकलमा शीर्ष वरीयता प्राप्त इगा स्वियातेकले विम्बल्डन टेनिस च्याम्पियनशीपमा दोस्रो राउण्डको म्याच जिते। दोस्रो वरीयता प्राप्त जोकोविचले अष्ट्रेलियाका जर्डन थम्पसनलाई पराजित गरी ग्राण्ड स्ल्यामा आफ्नो ३५०औं जीत हासिल गरे। जोकोविच स्विस् दिग्गज रोजर फेडरर र अमेरिकी दिग्गज सेरेना विलियम्सपछि ग्राण्ड स्ल्याममा ३५० वटा जीतसम्म पुग्ने केवल तेस्रो खेलाड़ी हुन्। गत विजेता जोकोविचले थम्पसन विरुद्ध चुनौतीपूर्ण म्याचमा ६-३, ७-६ (४), ७-५-ले जीत हासिल गरे। विश्व ऱ्यांकिंगमा ७०औं स्थानमा रहने थम्पसन दोस्रो सेटको अन्तिम समयमा म्याचलाई बराबरीमा पुऱ्याउनदेखि केवल दुई पोइण्ट्स पछि रहेका थिए तर जोकोविचले उत्कृष्ट प्रदर्शन गर्दै सेट जिते। यसरी रुसका दानिल मेदवेदेवले ईंग्ल्याण्डका अर्थर फेरीलाई ७-५, ६-४, ६-३-ले पराजित गरे। पुरुष एकलका अन्य म्याचहरूमा २१औं वरीयता प्राप्त बुल्गेरियाका ग्रिगोर दिमित्रोवले जापानका शो शिमाबुकुरोलाई सीधा सेटमा ६-१, ६-२, ६-१-ले सजिलै पराजित गरे। दशौं वरीयता प्राप्त अमेरिकाका फ्रान्सिस टियाफोले चीनका वू यी-लाई ७-६, ६-३, ६-४-ले पराजित गरे। कनाडाका मिलोस राओनिकले अष्ट्रियाका डेनिस नोवाकलाई ६-७, ६-४, ७-६, ६-१-ले अनि आठौं वरीयता प्राप्त इटलीका यानिक सिनरले अर्जेण्टिनाका जुआन सेरुण्डोलोलाई सीधा सेटमा ६-२, ६-२, ६-२-ले पराजित गरी दोस्रो राउण्डमा प्रवेश गरे। यसरी पाँचौं ऱ्यांकिंग भएका ग्रीसका स्टेफानोस सितसिपासलाई अष्ट्रियाका डोमिनिक थिएम विरुद्ध जीत हासिल गर्न दुई दिना लगभग चार घण्टा र पाँच सेटसम्म मेहनत गर्नु पऱ्यो। म्याचमा सितसिपास ३-६, ७-६ (१), ६-२, ६-७ (५), ७-६ (८)-ले विजयी भए।
यसरी महिला एकलमा पोल्याण्डकी इगा स्वियातेकले सजिलै जीत हासिल गरे पनि आठौं वरीयता प्राप्त मारिया सकारी चाहिँ पहिलो राउण्डमा हारको सम्मुखीन भइन्। शीर्ष वरीयता प्राप्त स्वियातेकले स्पेनकी सोरबेज तोरमोलाई सजिलैसँग ६-२, ६-०-ले पराजित गरिन्। ग्रीसकी सकारीले चाहिँ युक्रेनकी मार्ता कोस्टयुक विरुद्ध ०-६, ७-५, ६-२-ले हारको सामना गर्नु पऱ्यो। महिला एकलका अन्य म्याचहरूमा रुसकी दारिया कास्ताकिनाले ईंग्ल्याण्डकी अना बरेजलाई ६-०, ६-२-ले अनि साल २०१७-मा फ्रेञ्च ओपनको खिताब जित्ने लातवियाकी जेलेना ओस्टापेंकोले बेल्जियमकी ग्रीट मिनेनलाई ६-१, ६-२-ले पराजित गरिन्।