वेष्ट इण्डिज जाने टीममा यशस्वी-तिलकलाई मौका

IMG-20230706-WA0134.jpg

६ जुलाईः टीम इण्डियाका मुख्य चयनकर्ता अजीत अगरकरले पदभार सम्हाल्नको साथै वेष्ट इण्डिज विरुद्ध पाँचवटा म्याचको टी२० सीरीजको निम्ति १५ सदस्यीय टीमको घोषणा गरे। सीनियर पुरुष चयन समितिले क्यारेबियन द्वीपपुञ्ज र अमेरिकाको फ्लोरिडामा तीन अगस्तदेखि खेलिने पाँचवटा म्याचको टी२० सीरीजको निम्ति हार्दिक पाण्ड्यालाई कप्तान नियुक्त गऱ्यो। नयाँ अनुहारहरूमा तिलक वर्मा र यशस्वी जयसवाललाई मौका प्राप्त भएको छ, जसले आईपीएलमा असाधारण प्रदर्शन गरेका थिए। यसबीच कलकत्ता नाइट राइडर्सको निम्ति फिनिशरको भूमिकामा उत्कृष्ट प्रदर्शन गर्ने रिंकु सिंह चाहिँ भारतीय टीममा स्थान बनाउन असफल भए। वेष्ट इण्डिज जाने टीममा सञ्जु सेमसनलाई पनि स्थान प्राप्त भएको छ।
टीममा ईशान किशन र सेमसनको रूपमा दुईजना विकेटकीपर राखिएको छ। शुभमन गिल र जयसवाल दुई विशेषज्ञ ओपनर हुनेछन्। अनुभवी ब्याटर सूर्यकुमार यादवले मध्यक्रमलाई मजबूत गर्नको साथै उपकप्तानको जिम्मेवारी पनि निर्वाह गर्नेछन्। हार्दिक पाण्ड्यालाई कप्तानी दिएर चयनकर्ताहरूले २०२४-मा हुने आउँदो टी२० वर्ल्ड कपसम्म कप्तानी उनीसँग नै रहने स्पष्ट गरेका छन्। भारतीय टीममा अक्षर पटेल, युजवेन्द्र चहल, कुलदीप यादव र रवि विश्नोई जस्ता चारजना दिग्गज स्पिनरलाई राखिएको छ। वनडे टीमपछि पेस बलर उमरान मलिक टी२० टीममा पनि फर्किएका छन्। चयनकर्ताहरूले मोहम्मद सिराजलाई आराम दिएर आवेश खानमाथि भरोसा देखाएका छन्। बिहारका मुकेश कुमारले टेस्ट र वनडे टीमपछि टी२० टीममा पनि स्थान पाएका छन्।
भारतीय टी२० टीमः
ईशान किशन (विकेटकीपर), शुभमन गिल, यशस्वी जयसवाल, तिलक वर्मा, सूर्यकुमार यादव (उपकप्तान), सञ्जु सेमसन (विकेटकीपर), हार्दिक पाण्ड्या (कप्तान), अक्षर पटेल, युजवेन्द्र चहल, कुलदीप यादव, रवि विश्नोई, अर्शदीप सिंह, उमरान मलिक, आवेश खान, मुकेश कुमार।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement