रक्सौल-काठमाडौं रेलमार्ग निर्माणको लोकेसन सर्भे प्रतिवेदनको मस्यौदामाथि नेपालमा अध्ययन

00-1-Nepal-Train

काठमाडौं: भारतले रक्सौल काठमाडौं रेलमार्गको लोकेशन सर्भे प्रतिवेदनको मस्यौदा नेपालमा अध्ययनको चरणमा छ। यसबारे नेपालको भौतिक पूर्वाधार मन्त्रालयमा प्रारम्भिक अध्ययन चलिरहेको छ। भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले लोकेशन सर्भे प्रतिवेदनको मस्यौदाबारे वृस्तृत अध्ययनका लागि समिति नै गठन हुने जानकारी दिए। उनले हिन्दूस्थान समाचारलाई भने, ‘बिहिबारभित्र समिति गठन हुन्छ।’ भारतले हस्तान्तरण गरेको रेलमार्गको लोकेशन सर्भे प्रतिवेदनलाई अन्तिम रुप दिन नेपालको राय मागेको हो। नेपालले अध्ययनपछि भारतको कोंकण रेलवे कर्पोरेशन लिमिटेडलाई सुझावसहित प्रतिवेदन हस्तान्तरण गर्नेछ। सहसचिव थापाले आफूहरुको सुझाव समेत समेटेर लोकेशन सर्भे प्रतिवेदनले अन्तिम रुप प्राप्त गर्ने बताए। रक्सौल काठमाडौं रेलमार्गको लोकेसन सर्भे प्रतिवेदन २२ महिनाभित्र सक्ने गरी भारत र नेपालबीच २०२१ को अक्टोबरमा एमओयू भएको थियो।

भारतले रेलमार्गको डिपिआर तयार गरिसकेको छ। प्रारम्भिक रिपोर्ट अनुसार रक्सौल काठमांडू रेलमार्गको लम्बाई १३६ किलोमिटर छ। डीपीआरअनुसार रक्सौलबाट नेपालको बारा जिल्लाको निजगढ हुँदै ललितपुर जिल्लाको खोकनासम्म बनाउँदा ४० किलोमिटर सुरुङ रहने र ३५ पुल रहनेछ। रक्सौल काठमाडौं रेलमार्ग निर्माणको विषय नेपालमा चासोमा परेको छ। रेलमार्ग बनेपछि नेपाल र भारतबीच कनेक्टिभिटी अझ बढ्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement