गेजिङ। भारत नेपाल सिमा क्षेत्रको चिवा भन्ज्याङ जाने मूल बाटो टुटेपछि सिमानामा जुटेका देशका रक्षकहरुलाई सौदापात पुऱ्यान समस्या भइइहेको छ भने वर्तमानमा समस्याको समाधान गर्न स्थानीय सोसाइटीका नागरीकहरु सहयोगका लागि अघि ल्याएका छ्न। उत्तरे नजिक उत्तिसे खोलाको बाढले तवाही मचाएरपछि सिमा क्षेत्रसंग जोडिएका बाटो घाटोहरु सबै बिचल्नी परेका छन्। सडक मार्ग बन्द छन् भने पैदल मार्ग भएर सिमानामा जाने बाटोघाटो पनि सबै टुटेपछि सोपाखा, लिङे र उत्तरेका नागरिकहरु बाटोघाटो बनाउन व्यस्त देखिन्छ्न्। विशेष गरि सिमा क्षेत्रमा देशको रक्षा गर्न जुटेका जवानहरुका निम्ति खाद्यान्न समाग्री ओसार पसार गर्न खोलाका पुलहरु बाढले लगेपछी ठूलो समस्या भइरहेको थियो। मुख्य रुपमा गत १७ जूनको राती परेको भारी बर्षाको कारण यस भेगमा ठूलो नोक्सानी भएको छ, जसमध्ये सिमा क्षेत्रमा जाने मूल गल्लीहरुको सबै लथालिङै बनेको छ।

उत्तरेदेखि चिवाभंञ्याङ बिचमा, शसस्त्र सिमा बल, आम पुलिङ, सिक्किम पुलिस देशी-विदेशी पर्यटकहरु, गोठाला खेताला-भरिया साथै गाई-भैंसी, चौंरी-घोड़ा ईत्यादी हिड्ने मुलबाटोमा रहेको दुई चारवटा खोलाहरुको बाटो सबैनै ध्वस्त बने पछि सिमानामा सौदा पात पुर्याउन धेरै समस्य भइरहेको अवस्थालाई कदर गर्दै यहाँका विभिन्न खोलाहरुमा स्थानीयहरूको सहयोगमा अस्थायी रूपमा भएपनि मुडेपुलहरु बनाउने कार्यहरु चलिरहेको छ भने आज सिक्किम सरकारका जलस्रोत विभागका अध्यक्ष पेमावाङ्चु शेर्पा जिल्ला पन्चायत केएम लिम्बू मानेबुङ ग्राम पन्चायत एकाइका पन्चायत उत्तरे ग्रीन भेल्ली क्ल्बका युवाहरुको सहयोगमा उत्तिसे खोलामा मुडे पुल निर्माण गरेर केही सुबिधा जनक बनाएको छ।