५ जुलाईः न्यूजील्याण्डका कप्तान केन विलियम्सन ईंग्ल्याण्डका जो रुटलाई पछि छोड़ेर विश्वका नम्बर एक ब्याटर बनेका छन्। यसको साथमा भारतीय टीम र अफ् स्पिनर रविचन्द्रन अश्विन बुधवार जारी नवीनतम् आईसीसी टेस्ट ऱ्यांकिंगमा शीर्ष स्थानमा कायम छन्। गत महिना अष्ट्रेलिया विरुद्ध वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी)-को फाइनलमा पराजित हुने भारतीय टीम शीर्ष स्थानमा कायम छ। अश्विन पनि बलरहरूका सूचीमा शीर्ष स्थानमा रहेका छन्। भारतका सीनियर अफ् स्पिनरसँग ८६० पोइण्ट्स रहेको छ। अष्ट्रेलियाका कप्तान प्याट कमिन्स दुई स्थानको फाइदासहित दोस्रो स्थानमा पुगेका छन्। उनीसँग ८२६ पोइण्ट्स रहेको छ। यसरी अलराउण्डरहरूका सूचीमा भारतकै रविन्द्र जडेजा ४३४ अंकको साथ शीर्ष स्थानमा कायम छन्। यस सूचीमा अश्विन दोस्रो स्थानमा रहेका छन् तर अक्षर पटेल चाहिँ झरेर पाँचौं स्थानमा पुगेका छन्। गत वर्ष वाहन दुर्घटनामा घाइते भएपछि खेलदेखि बाहिर रहने विकेटकीपर ब्याटर रिषभ पन्त दशौं नम्बरको साथ भारतका शीर्ष ब्याटर हुन्। कप्तान रोहित शर्मा र विराट कोहली क्रमशः १२औं र १४औं स्थानमा रहेका छन्।
यसरी नै वनडे इण्टरनेशनल ब्याटरहरूका ऱ्यांकिंगमा भारतका शुभमन गिल पाँचौं स्थानमा रहेका छन्। यसबाहेक कोहली (आठौं) र रोहित (दशौं) पनि शीर्ष दशमा सामेल छन्। मोहम्मद सिराज बलरहरूका सूचीमा शीर्ष दशमा सामेल एकमात्र भारतीय हुन्। उनी दोस्रो स्थानमा रहेका छन्।