५ जुलाईः ईंग्ल्याण्डको निम्ति एशेज टेस्ट सीरीज २०२३-मा शुरुवात चरम निराशाजनक रह्यो। अष्ट्रेलिया विरुद्ध पहिलो दुईवटा टेस्टमा हारको सम्मुखीन भएपछि बेन स्टोक्सको अगुवाईमा रहने टीम जीतको गोरेटोमा फर्किन चाहन्छ। यस्तो स्थितिबीच ६ जुलाईदेखि शुरु हुने तेस्रो एशेज टेस्ट म्याचको निम्ति ईंग्ल्याण्डले अन्तिम एकादशको घोषणा गरेको छ। हेडिंग्लेमा खेलिने टेस्ट म्याचको निम्ति ज्याक क्रली र बेन डकेटलाई ओपनरको रूपमा स्थान प्राप्त भएको छ। तेस्रो नम्बरमा हेरी ब्रूकलाई ब्याटिंग गरिरहेको देखिनेछ। यसरी जो रुट चौथो अनि विकेटकीपर जनी बेयरस्टो पाँचौं नम्बरमा ब्याटिंग गर्न ओर्लिनेछन्। कप्तान स्टोक्स छैटौं नम्बरमा खेल्नेछन्।
चोटले गर्दा दोस्रो टेस्ट म्याचबाट बाहिर रहने स्पिन अलराउण्डर मोईन अली प्रथम एकादशमा फर्किएका छन्। उनको साथमा क्रिस वोक्स र मार्क वुड रहनेछन्। वुडले अनुभवी पेस बलर जेम्स एण्डरसनको स्थान लिनेछन्। यसबाहेक स्टुअर्ट ब्रड र ओली रबिन्सन पनि प्रथम एकादशको हिस्सा हुनेछन्। उल्लेखनीय छ, अष्ट्रेलियाले पहिलो एशेज टेस्ट म्याचमा असाधारण जीत हासिल गरेको थियो। त्यसपछि लर्ड्समा खेलिएको दोस्रो टेस्टमा आयोजक ईंग्ल्याण्डले लड़ाकू प्रदर्शन गरे पनि अष्ट्रेलियालाई जीत हासिल गर्नदेखि रोक्न सकेन। यसरी अष्ट्रेलिया अहिले पाँचवटा टेस्ट म्याचको सीरीजमा २-०-ले अघि रहेको छ। यस्तो स्थितिमा तेस्रो टेस्टमा हारको अर्थ नै ईंग्ल्याण्डले शृंखला गुमाउनु हो। यसैकारण ब्रेण्डन म्याककुलमको मार्गदर्शनमा रहने आयोजक टीम जीतको निम्ति मैदानमा ओर्लिन चाहन्छ।
ईंग्ल्याण्डको प्रथम एकादशः
ज्याक क्रली, बेन डकेट, हेरी ब्रूक, जो रुट, जनी बेयरस्टो (विकेटकीपर), बेन स्टोक्स (कप्तान), मोईन अली, क्रिस वोक्स, ओली रबिन्सन, स्टुअर्ट ब्रड र मार्क वुड।
मुख्य प्रशिक्षकः ब्रेण्डन म्याककुलम।