खरसाङ: म भ्रष्टाचार मोडेल अफ् अनित थापा हेर्न भनी निस्केको र मैले व्यापक रूपमा देँखे भनी दार्जिलिङका सांसद एंव भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्टले आज चुनाव प्रचारको क्रममा खरसाङ महकुमा अन्तर्गत सिटोङ पुगेर पत्रकारहरूलाई सम्बोधन गर्दै बताएका छन्। उनले सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँमा पत्रकारहरूलाई सम्बोधन गर्दै यहाँ सिन्कोना मासे। बाटो छैन। ९६१ करोड़ रोड बनाउन केन्द्रले दिएको थियो तर त्यो पैसा कता गयो? यहाँको गाउँको अवस्था यस्तो छ कि यहाँ नो रोड नो भोट भनेर जनताले जीटीएको बेलामा भोट हालेनन् भनी बताएका छन्। सासंद राजु विष्टले अघि भने, ‘सिटोङ समष्टीको नै सभासद र चेयरम्यान भएर पनि अनित थापाले आफ्नै समष्टीमा नाथे एउटा रोड समेत बनाउन सक्दैनन् भने उसले गोर्खा जातिको लागि केही गर्न सक्दैन। न विकास गर्न सक्छ। केवल भष्टचार गर्छ।’

पत्रकारहरूले एसपी शर्माले घोषणा पत्र च्यातेको विषयमा प्रश्न गर्दा सांसद राजु विष्टले भने, ‘एसपी शर्माले भाजपा र गठबन्धन दलहरूका घोषणा पत्र च्यातेको होइन तर आफ्नै बुध्दि च्यातेको हो। तर यो डिजिटल युगमा पन्ना च्यातेर केही हुँदैन। घोषणा पत्र च्यात्नु भनेको गोर्खाको भविष्य च्यातेको हो।’