राज्यस्तरीय विद्यार्थी विधानसभा सत्र आयोजना गर्ने मुख्यमन्त्री तामाङको घोषणा

psg.._945

गान्तोक। सरकारी महाविद्यालय रिनाकले आज आफ्नो वार्षिक उत्सव मनसून भाइभ्स २०२३ भव्यताको साथ एक कार्यक्रममाझ पालन गऱ्यो। आजको कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अथितिको रूपमा उपस्थिति थिए भने, शिक्षा विभागीय मन्त्री कुङ्गा निमा लेप्चा, विधायक विष्णुकुमार खतिवडा, विधायक आदित्य गोले, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले महाविद्यालयको वार्षिक उत्सव भव्यरुपमा पालनको निम्ति महाविद्यालयपक्षलाई बधाई दिए। यो कार्यक्रममा विद्यार्थीहरुले बिताएको क्षण जीवनभरी स्मरणस्वरूप सँधै रहने बताए। विद्यार्थी जीवनमा महाविद्यालय स्तरको कार्यक्रम अतिनै महत्वपूर्ण रहने बताउँदै अध्ययन समाप्त भएपछि विद्यार्थीहरूले आफ्नो जीवनको निर्धारण हुने रहेकोले यसलाई अतिनै महत्व दिएर अध्ययन गर्नुपर्ने सुझाव दिए। स्नातक स्तरको शिक्षा पछि एउटा विद्यार्थीले राजमार्गमा पुग्ने त्यहाँ धेरै चुनौतीहरु सँग जुझ्नु पर्ने अवस्था आउने अनि जीवनको यो चुनौतीहरूको निम्ति शुभकामना दिए। विद्यार्थीहरू एकताको प्रतिक रहेको पनि मुख्यमन्त्री तामाङले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement