पहाडको शान्ति श्रृंखला भंग गर्नेलाई पुलिस प्रशासनले अविलम्ब कार्यवाही गर्नुपर्छ: राप्गे राई

दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एसपी शर्माले पहाडको शान्ति श्रृंखला भंग गर्ने काम गरेको जनाउँदै हाम्रो पार्टीको युवा एकाईले सदर थानामा प्राथमिकी दर्ता गरेको छ। गत केही दिन अघि दार्जीलिङ प्रेस गिल्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय प्रवक्ता एंव जीटीएको पीआरओ एसपी शर्माले संयुक्त गोर्खा गठबन्धनको घोषणा पत्र च्यातेका थिए। एसपी शर्माको उक्त कार्यको गठबन्धन दलहरूले पुलिसमा प्राथमिकी दर्ता गर्दै कठोर शब्दमा निन्दा साथै आलोचनाहरू गर्दै आईरहेका छन्। यस सन्द्रर्भ आज हाम्रो पार्टीको युवा एकाईले सदर थानामा एसपी शर्मा विरूद्व प्राथमिकी दर्ता गरेका छन्। हाम्रो पार्टीको युवा एकाई चिफ् को-अर्डिनेटर राप्गे राईले भागोप्रमोको केन्द्रीय प्रवक्ता एंव जीटीएको पीआरओ एसपी शर्माले गठबन्धन दलको चुनावी घोषणा पत्र च्यातेर पहाडको शान्ति श्रृखला भंग गर्ने प्रयास गर्दैछ भन्ने उनले बताएका छन्।पहाडको शान्ति श्रृखंला भंग गर्न खोज्ने एसपी शर्मालाई पुलिस प्रशासनले अविलम्ब कानुनी कार्यवाही गर्नुपर्छ भन्ने मांग गरेका छन्। उनले अझ भने, कुनै पनि राजनैतिक पार्टीको घोषणा पत्र च्यात्नु भनेको ती राजनैतिक पार्टी र पार्टीको नेतृत्वहरूको अपमान गर्नु हो। संयुक्त गोर्खा गठबन्धनको घोषणा पत्रमा गठबन्धनको अन्य राजनैतिक दलहरूसंगसंगै हाम्रो पार्टीको नाम र झण्डा पनि त्यसमा अंकित गरिएको छ। त्यसकारण यसरी पार्टीको झण्डा अंकित चुनावी घोषणा पत्र च्यात्दा हामीले आफुहरूमाथि अपमानित भएको मसुस गरेका छौं राईले भने।