गेजिङ। गेजिङ जिल्लाको भ्रमणको दोस्रो दिन राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले लोवर बर्मेकको रातोमाटेमा सञ्चालित संस्कृत पाठशालाको भ्रमण गरे। यस अवसरमा क्षेत्र विधायक एवम मन्त्री लोकनाथ नेपाल, जिल्लापाल लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। उक्त पाठशालामा पुग्ने क्रममा राज्यपाललाई शिक्षकवर्ग साथै विद्यार्थीवर्गले स्वागत जनाए। सोही क्रममा उनले शिव मन्दिरमा राज्यको सुख शान्ति र एकताको निम्ति प्रार्थना पनि गरे। विद्यार्थीहरूसँग अन्तक्रिया गर्दै राज्यपालले धर्मको शिक्षालाई संरक्षण गर्नको निम्ति आफ्नो अध्ययनप्रति कटिबद्ध हुनु पर्ने आग्रह गरे। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा राज्यका जनताले विभिन्न क्षेत्रमा लाभ उठाउन सकेको अवगत गराउँदै राज्य सरकारको यस पहलप्रति उनले प्रशंसा गरे।
राज्यपालले पाठशालाको समग्र विकासका लागि राजभवनले हरसम्भव सहयोग गर्ने आश्वासन दिँदै धेरै वर्षसम्म धर्म शिक्षालाई निरन्तरता दिन प्रोत्साहित गरे।

राज्यपालले शिव मन्दिर र पाठशालाको भ्रमण गर्न पाउँदा खुसी व्यक्त गर्दै संस्कृत भाषाको महत्त्वमा पण्डित जवाहरलाल नेहरूका भनाइहरू उद्धृत गरे। उनले विभिन्न भाषाहरूमा संस्कृतको आधारभूत भूमिका र मानव भावना र व्यक्तित्वको प्रतिबिम्बलाई जोड दिँदै संस्थालाई ‘ए शंकरको पाठशाला’ भनेर उल्लेख गरे।