निर्वाचन खण्ड अधिकारीको जाँच कार्यप्रति अजय एडवाडर्सले जनाए असन्तुष्टी

IMG-20230705-WA0371.jpg

दार्जीलिङ: निर्वाचन खण्ड अधिकारीको जाँच कार्यमाथि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले असन्तुष्टी जनाएका छन। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वारहरूले आफ्नो चुनावी प्रचार प्रसारको क्रममा मतदाताहरूलाई रूपियाँ पैसा बाढ्दै गरेको भिडियो फुटेजहरू समाजिक संजालहरूमा भाइरल भएपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जिल्ला निर्वाचन अधिकारी लगायत अन्य सम्बन्धित अधिकारीहरूलाई पत्रचार गरेका थिए। यी सबै विषयहरूलाई ध्यानमा राख्दै बिजनवारी खण्ड विकास अधिकारी एंव खण्ड निर्वाचन अधिकारीले उक्त विषयमाथि छानवीन गर्दै गरेको भिडियो फुटेजहरू समाजिक सञ्जालहरूमा यस घडी भाइरल भईरहेको छ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बिजनबारी खण्ड विकास अधिकारी एंव निर्वाचन खण्ड अधिकारीको निर्देशमा गरिएको जाँचमाथि असन्तुष्ट जनाएका छन्। उनले यस विषयमा भने, निर्वाचन खण्ड अधिकारीले उक्त व्यक्तिहरूलाई आफ्नो कार्यालयमा बोलाएर सोधखोज गर्नु पर्ने हो। तर मानिसहरूको भीडभाड अघि क्यामारा तेर्साएर यसरी प्रश्न गर्नु उचित नभएको अध्यक्ष एडवाडर्सले बताए। उनले अझ भने, भागोप्रमोको उम्मेद्वारहरूले मतदाताहरूलाई रूपियाँ पैसा दिएको समाजिक सञ्जालहरूमा भाइरल भईरहेको भिडियो फुटेजहरूमा स्पष्ट देखाएको छ। तर भीडभाड यसरी सोध्दा जसले पनि त्यसलाई होइन नै भन्ने गर्छन् अध्यक्ष एडवाडर्सले भने। हाम्रो पार्टी यलै प्रेस विज्ञप्ति जारी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार हद्रय सुब्बा र कल्याणी सुब्बाले आर्य चिया बगानमा चुनावी प्रचार प्रसारको क्रममा मतदाताहरूलाई भोटको अपिल गर्दै रूपियाँ पैसा दिएको भिडियो फुटेज समाजिक सञ्जालहरूमा भाइरल भईरहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement