राँके मेला तयारीलाई लिएर समन्वय सभा सम्पन्न

IMG-20230705-WA0398.jpg

नाम्ची। नाम्ची जिल्लामा आगामी दिनमा पालन गरिने राँके मेलालाई लिएर आज नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक समन्वय सभा सम्पन्न भयो। नाम्ची जिल्लाका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा सम्पन्न भएको यस सभामा क्षमता विकास विभागका सल्लाहकार सतिश चन्द्र राई, महकुमा अधिकारी गोपाल छेत्री लगायत विभिन्न विभागका अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापालले उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति विभिन्न विभागका अधिकारीवर्गलाई आफ्नो कार्यभार सुम्पिए। जिल्लापालले जानकारी गराए अनुसार नेपालीको क्यालेन्डार अनुसार श्रवण महिनाको पहिलो दिन यो मेला पालन गरिने भएको छ। यो वर्ष राँके मेला नाम्ची जिल्लामा भव्यरूपमा पालन गरिने पनि जिल्लापालले जानकारी गराए। उनले उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सबै अधिकारी साथै स्टेकहोल्डर्सलाई सक्रियरूपमा आफ्नो जिम्मेवारी पालन गर्नुपर्ने सुझाउ दिए। उक्त मेला आगामी १६-१७ जुलाईको दिन नाम्चीस्थित सेन्ट्रल पार्कमा भव्यरूपमा पालन गरिने जिल्लापालले अवगत गराए। राँके मेला समारोह समिति, ग्रामीण अनि पारम्पारिक खेलकूद र खेलकूद एवम युवा मामिला विभागको संयुक्त पहलमा आयोजना गरिने यस मेलामा सेल्प हेल्प ग्रुपले स्टल लगाउने पनि उनले थप जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement