कोलकाताः राज्यमा ८ जुलाईमा हुन गइऱहेको पञ्चायत चनाउअघि बिहार, झारखण्ड र ओडिसाको साथ साझा गरिएका पश्चिम बंगालका सीमाहरूलाई सील गरिनेछ। अन्य राज्यहरूबाट हतियार र विस्फोटकहरूको साथ बंगालमा प्रवेश गर्ने असामाजिक तत्वहरूलाई रोक्न यो निर्णय लिइएको थियो।
राज्य पुलिसका एक वरिष्ठ अधिकारीले भने, हरके चुनाउअघि असामाजिक तत्वहरूद्वारा विशेष रूपमा बिहारको मुङ्गेरबाट भारी मात्रामा हतियार र विस्फोटक ल्याइने मामिला अघि आउनेगर्दछ। मुङ्गेर परम्परागत रूपमा अवैध हतियार निर्माणको केन्द्रको रूपमा कुख्यात छ। यद्यपि, यी अन्तरराज्यिय सीमाहरू कहिलेसम्म सील रहनेछन्, अहिलेसम्म स्पष्ट छैन। राज्य पुलिस सूत्रहरू अनुसार, यो चुनाउ परिणाम घोषणना हुनेञ्जेलसम्म जारी रहने पूरा सम्भावना छ।
सत्तारूढ़ तृणमूल कांग्रेस सदैव विपक्षी दलहरूमाथि कुनै पनि महत्वपूर्ण घटनाअखि छिमेकीराज्यहरूबाट असामाजिक तत्वहरूलाई ल्याएको र राज्यमा तनाव उत्पन्न गर्नेगरेको आरोप लगाउँदै आइरहेछ। वस्तुतः हालमा पश्चिम बंगाल पुलिस र बिहार पुलिसले यस्ता अन्तरराज्यिय हतियार तस्करी ऱ्याकेट विरूद्ध कारबाही गर्नका लागि एक समन्वय बैठक गरेको छ। यस सम्बन्धमा दुवै राज्य पुलिस बलहरूका अधिकारीहरूबीच सूचनाहरूको आदान-प्रदान गरिएको छ।
-हिस