घाइते मुख्यमन्त्री ममताको घुँड़ाको अपरेशन यही हप्ता सम्भव

00-1-CM-Mamta-Banerjee-1-1

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको घुँड़ाको अपरेशन यही हप्ता हुनसक्छ। गत साता सोमवार कूचबिहारदेखि चुनाउ प्रचार गरी फर्किरहेकी मुख्यमन्त्रीको हेलीकप्टरको एमरजेन्सी ल्याण्डिङ गराइएको थियो। यस अवधि उनको घुँड़ा र कमरमा चोट लागेको थियो।

कोलकाताको राजकीय एसएसकेएम अस्पतालका डाक्टहरूको टीमले उनको फिजियोथेरेपी गरिरहछ। यसबाट उनलाई केही राहत पुगेको छ। जाँचमा उनको घुँड़ामा पानी जमा भएको छ र यसले गर्दा अझ् अधिक समस्या भइरहेको थाहा लागेको छ। डाक्टरहरूले अस्थाई राहतको निम्ति घुँड़ाको अपरेशन गरिनुपर्ने बताएका छन्। जानकारी अनुसार, ममता बिहिवार वा शुक्रवार एसएसकेएम अस्पतालमा भर्ती हुनसक्छिन्। उनलाई दुई-तीन दिनसम्म अस्पतालमा बस्न पर्नसक्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement