यसपल्टको चुनाउमा हामीले आँखा खोलेर भोट हाली बेजीपीलाई पहाडबाट शून्यमा झार्नुपर्छ: अनित थापा

IMG-20230705-WA0364.jpg

खरसाङ: यसपल्टको चुनाउमा हामीले आँखा खोलेर भोट हाली बेजीपीलाई पहाडबाट शून्यमा झार्नुपर्छ भन्ने आह्वान् भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा जीटीएको मुख्य कार्यपाल अनित थापाले गरेका छन्। आज खरसाङ खण्ड अन्तर्गत तराईको गाडीधुरा नजिक मरियनबारी दुर्गा मन्दिर प्राङ्गनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले पहाडमा भाजपाका सांसद राजु बिष्टले यहाँका मानिसहरूको भावनासँग खेल्दै झूटो बोल्ने मात्रै काम गरेको जनाए।

थापाले गृह मन्त्री अमित शाहा समेतले यहाँका चिया श्रमिकहरूको निम्ति तीनसय पचास रूपियाँ बनाइदिन्छु भनेर वचन दिएका थिए भन्दै तर आज श्रमिकहरूले केवल दुईसय बत्तीस रूपियाँ मात्र पाउने गरेको जनाउँदै बीचको एकसय अठाह्र रूपियाँ चाँहि राजु विष्टले खाएका छन् भन्दै यस्ता श्रमिकको पैसा खानेलाई कदापि भोट नहाल्ने आग्रह गरे। सुवास छेत्रीको सभापतित्वमा अनि अनुप रामुदामुले सञ्चालन गरेको सभालाई जीटीए सभासद परेश तिर्की, कल्पना प्रधान, भागोप्रमो अम्बटे, पंखाबारी, लङ्भ्यू समष्टि सभापति मणिराज डुम्जन आदिले सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement