म काँटी लिन दिल्ली गएको होइन: सांसद राजु  बिष्ट

00-1-A-IMG-20230705-WA0361

मङपू: सांसद राजु बिष्टले पंचायत चुनावको प्रचारप्रसार गर्ने क्रममा आज सिटोङ एक दुई तीन ग्राम पन्चायत क्षेत्रको भ्रमण गर्दै यहाँको डायरी गाउँबाट  चुनावी सभालाई  सम्बोधन  गर्दै सिटोङमा ब्यापाक भ्रष्टाचार भएको बताए। दार्जीलिङ पहाडको निम्ति  ३५ करोड हरघर जल योजनाको निम्ति पानी  आएको तर यहाँ ४ ईन्च फलामको पाइप लगाउनको साटो पोलीथीनको पाईप मा पानी कुदिरहेका  र हरघर जलयोजनामा ब्यपापक भ्रष्टाचार भइरहेको बताए।

गत सभासद चुनाव भएको समय नोरोड नो भोट भन्दै लोवर बडा सिटोङको  जनताले भोट बहिष्कार गरेका थिए  भने आज म त्यस क्षेत्रको ६ किलोमिटर सडकमा यात्रा गरेर त्यहाँको जनतालाई बाटो बनाउने  आश्वासन  दिएको  छु। यसपल्ट त्यस ठाँउको जनतालाई भोट गरिदिने अपील गर्दै सडकको निर्माण  गरिदिने बचन पनि सासद राजु बिष्टले दिए। गठबन्धनको चुनावी म्यानुफेस्टो च्यातेको  एक विपक्षी नेताको सन्धर्भमा बोल्दै सांसद राजु बिष्टले गोर्खा जातिको मेनुफेस्टो च्यत्नेले गोर्खा जातिको मेनुफेस्टो च्यात्नु खोज्दैछ  भनी आरोप लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement