सबैभन्दा ठूलो भ्रष्टाचारी पार्टी बीजेपी हो कारण बीजेपीले गोर्खाको सपनामाथि भ्रष्टाचार गरेको छ: अनित थापा

IMG-20230705-WA0359.jpg

सुकना : सबैभन्दा ठूलो भ्रष्टाचारी पार्टी बीजेपी हो, गोर्खाको सपनामाथि भ्रष्टाचार गर्यो, गोर्खाको आस्थामाथि भ्रष्टाचार गरेको छ, महाकाल धाममाथि भ्रष्टाचार गरेको छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आज सुकनामा चुनावी सभालाई सम्बोधन गर्दै बताएका छन्। उनले सुकुनालाई काँटी पनि नदिने पार्टी चाहिँ बीजेपी हो भन्दै बीजेपीलाई पहाडबाट जरैबाट उखेलेर फ्याँक्नुपर्छ कारण बीजेपीले गोर्खालाई अन्धा बनाई सक्यो भनी बताएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘आउँछ गोर्खाको सपना भन्छ, आउँछ महाकाल बाबाको कसम खान्छ अनि भोट लान्छ। महाकाल बाबा हाम्रो आस्थाको ठाउँ हो। हो न हो हाम्राे लागि केही गरिदिन्छ भनी हामीले महाकाल बाबाको नाममा भोट पनि दियौं।
हाम्रो क्षेत्रीयता अनि हाम्रो किपटसम्म खोस्ने पार्टी बीजेपी हो। यदि बीजेपीले हाम्रो किपट नै खोसी दियो भने तपाईं अनि मेरो आवाज पनि खोसिनेछ। घरमा त पस्यो पस्यो हाम्रो भडारभित्रसम्म पनि पसिसक्यो।’
अनित थापाले अघि भने, ‘बीजेपीले हाम्रो पन्ध्र वर्ष खाई दिएको छ। बीजेपीले हाम्रो सपना खाई दिएको छ। भोट हाल्दा यी कुरा पनि याद राख्नुहोस।हामीलाई भोट नहाले पनि निर्दलीय अनि क्षेत्रीय पार्टीलाई भोट हाल्नुहोस। तर यसपाली बीजेपीलाई भोट शून्य होस।’
उनले अझ भने, ‘अब गोर्खाको आँखा खुलेको छ, अब यो पाली आँखा खोलेर भोट हालौ, यसपाली पहाडले बीजेपीलाई शून्य बनाएर देखाई दिनुपर्छ। बीजेपीले पनि थाहा पाओस् अब गोर्खालाई केही अवश्य दिनुपर्छ भनी।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement