एकभन्दा धेरै चरणहरूमा चुनाउ गराउने सम्बन्धी अधीरको याचिका खारेज

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः एकभन्दा धेरै चरणहरूमा पञ्चायत चुनाउ गराउने सम्बन्धी प्रदेश कांग्रेस अध्यक्ष एवं लोकसभामा पार्टीका नेता अधीर रन्जन चौधरीको याचिका कलकत्ता हाईकोर्टमा खारेज भएको छ। मुख्य न्यायाधीश टीएस शिवगणनमको पीठले अधीरको याचिका खारेज गरेको छ।

गत साता चौधरीले याचिका लगाएर एकभन्दा धेरै चरणहरूमा पञ्चायत चुनाउ गराइने माग गरेका थिए। बुधवार यस याचिकामा सुनवाई गर्दै मुख्य न्यायाधीशको खण्डपीठले भन्यो, कोर्टको आदेश अनुसार भारी संख्यामा केन्द्रिय बलहरूका जवानहरू बंगाल आइरहेका छन्। कानून व्यवस्था बनाइ राख्ने र सुरक्षाको निम्ति धेरै ठोस निर्णय दिइएको छ, यसैले अब पञ्चायत चुनाउको चरण बढ़ाउने कुनै आवश्यकता छैन।

उल्लेख्य, अधीर चौधरीले जुन प्रकारले राज्यभऱिमा हिंसा जारी छ त्यसको मध्यनजर यदि एउटै चरणमा चुनाउ भए त्यो केवल एक औपचारिकता बनेर रहने दाबी गरेका थिए। यसैले उनले एकभऩ्दा धेरै चरणमा चुनाउ गराउने माग गर्दै याचिका लगाएका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement