हिँड्नु पनि जोखिमपूर्ण रहेको महानदीदेखि सिविटारसम्म पुग्ने पुरानो रोड कार्पेटिङ गर्ने स्थानीयहरूको मांग

IMG-20230705-WA0353.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको महानदीको चौकी डाँड़ादेखि सिविटारसम्म पुग्ने बाटोको निर्माणको लागि स्थानीयहरूले मांग गरेका छन्। पञ्चायत चुनावको मुखैमा स्थनीहरूले बाटो निर्माणको मांग लिएर अघि आएका छन्। महानदीको त्रिवेणी चौक, महानदीको चौकी डाँड़ामुनि गाउँ घरमा रहेका स्थानीयहरूलाई यो बाटो भएर हिँड्डुल गर्नु अत्यन्तै असुविधा भईरहेको छ। वर्षाको समयमा धेरै लेऊ लागेर चिप्लो भएर झनै धेरै असुविधा भईरहेको छ। आज पनि स्थानीयहरूले उक्त चिप्लो बाटोलाई ब्लिचिङ पाउडर लगाएर सर सफाई गरेर हिँड़ने योग्यको बनाएका छन्। वर्षाको समयमा यो बाटो अत्यन्तै चिप्लो हुने भएकोले स्थानीयहरूले मिलेर पैसा संकलन गरेर सर सफाई र ब्लिचिङ लगाउने गरेका छन्। यो बाटो पहिला पहिलाको समयमा सिविटारको चियाबारीको कोठी पुग्ने र त्यसताक यही बाटो भएर गाड़ी कुदाउने गर्दथ्यो। तर महानदीदेखि सिविटारसम्म पुग्ने पाँच किलोमीटरको रोड प्रधानमन्त्री ग्राम सड़क परियोजना अन्तर्गत बनिएपछि अहिले भने यस बाटोलाई अनदेखा नै गरिएको बताइएको छ। यो क्षेत्र महानदी ग्राम पञ्चायतको महानदी बजार बुथ र आधा भाग सिविटार बुथमा पर्ने गर्दछ। यो बाटो भएर दैनिक रूपमा स्थानीयहरू, विद्यार्थीहरू, वरिष्ठ नागरिकहरू हिँड्न परिरहेको छ। तर यो। वर्षाको समय पानी परेपछि हिँड्नु नै निक्कै जोखिमपूर्ण रहेको छ।

त्यसर्थ यसपालीको पञ्चायत चुनावमा महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार बुथ कि महानदी बुथबाट जसले पनि जित्छ यो बाटोको निर्माण गरिदिने मांग गरेका छन्। यस बाटोको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै यो बाटोको निर्माण गरिदिने मांग गरेका छन्। स्थनीयहरूले बताए अनुसार यो क्षेत्र महानदी ग्राम पञ्चायत अन्तर्गत आधा महानदी बजार क्षेत्र र आधा सिविटार क्षेत्रमा पर्ने हुनाले हामीले यो बाटो निर्माणको मांग गर्दा सिविटारले महानदीलाई भन्छ अनि महानदीले सिविटारलाई भन्छ। त्यसैले अहिलेसम्म बनिएको छैन। तर यहाँ दैनिक रूपमा मानिसहरू हिँड्नुुपर्छ। विद्यार्थीहरू, वरिष्ठ नागरिकहरू पनि हिँड्नुुपर्छ। तर वर्षाको समय निक्कै जोखिमपूर्ण रहेको बताएका छन्। उनीहरूले यो बाटोलाई महानदी ग्राम पञ्चायतले सय दिने रोजगार अन्तर्गत पोनि रोड निर्माण गरेका थिए। तर अब हामी यस रोडलाई कालो अलपत्रको हालेर कार्पेटिङ गरिदिने निवेदन गर्दछौं भनी बताएका छन्। स्थानीयहरूका पक्षमा आशा प्रधान, अनुप प्रधान, प्रमोद खड्का लगायत अन्यहरूले पत्रकारहरूसित कुराकानी गर्दै हामीले यो बाटोलाई चिप्लो हुनबाट जोगाउन हरेक वर्खाको समय ब्लिचिङ किनेर लगाउने र सफा गर्ने गरेको बताउँदै यसपालीको पञ्चायत चुनावमा जसले पनि जित्छ यो बाटो निर्माण गरिदिने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement