नदियाः राज्यमा पञ्चायत चुनाउ हुनुमा अब तीन दिन बाकी छ। तर हिंसा रोकिने नाम लिइरहेछैन। नदिया जिल्लाको नकाशीपाड़ा क्षेत्रमा बुधवार बिहानै तृणमूल उम्मेदवारको घरमा बमबारी गरिएको आरोप छ। यस घटनामा तृणमूल उम्मेदवार लिलुफा बीबी नाशी र उनका पति अली मोक्तजा नाशी घाइते भए।
स्थानीय सूत्रहरू अनुसार, बुधवार बिहानै जब परिवारका सदस्य आफ्नो घरको बालकनीमा सुतिरहेका थिए तब कथित रूपमा घर सामू अचानक तीव्र आवाज सुनियो। आवाज सुनेर घरका सबै सदस्य निद्राबाट उठे। सबैले लिलुफा बीबीको देब्रे खुट्टाबाट रगत बगिरहेको र उनी खुट्टा दुःखेर कराइरहेको देखे। बमको अवशेष भूईमा थियो। यस घटनामा लिलुफाका पति पनि घाइते भए। लिलुफालाई छेवैको अस्पताल लगियो। त्यहाँ प्राथमिक उपचारपछि उनलाई शक्तिनगर अस्पताल पठाइयो।
यस घटनाको निम्ति तृणमूल कांग्रेसले कांग्रेसलाई जिम्मेवार ठहर गरेको छ। यद्यपि, कांग्रेसको तर्फबाट भनियो, तृणमूल उम्मेदवारका पतिले घरमा बम राखेका थिए। अब उनले आफ्नो भूल लुकाउनका लागि कांग्रेसमाथि आरोप खनाइरहेका छन्। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो र मामिलाको जाँचमा जुटेको छ।
-हिस