खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५४ मा रहेको अनुसूचित जातिको महिला सिटमा तीनजना महिलाहरू चुनाव मैदानमा उत्रेका छन्। तीनजनामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट शिक्षिका उषा खाती, भारतीय जनता पार्टीबाट रबिना बराईली र निर्दलीय प्रार्थीको रूपमा सुनिता खाती रहेका छन्। तीनजना महिला प्रार्थीहरूले चुनाव मैदानमा उत्रेर चुनाव प्रचार गरिरहेका छन् भने तीनैजनाले जीतप्रति आशावादी रहेका छन्। यस पञ्चायत चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले शिक्षिका एवं पूर्व पञ्चायत सदस्य उषा खातीलाई प्रार्थीको रुपमा उठाएका छन्। त्यसरी नै भारतीय जनता पार्टीले घैयाबारीबाट युवा महिला प्रार्थी रबिना बराईलीलाई चुनावमा उतारेका छन् भने निर्दलीय प्रार्थीको रुपमा सुनिता खाती रहेका छन्। पञ्चायत चुनावमा घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५४ बाट चुनाव मैदानमा उत्रेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी उषा खाती, भारतीय जनता पार्टीको प्रार्थी रबिना बराईली र निर्दलीय प्रार्थी सुनिता खातीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्। तीनैजनाले पञ्चायत चुनावमा जीत हाँसिल गर्ने प्रतिबध्दता जाहेर गरेका छन् भने आफ्नो आफ्नो क्षेत्रमा रहेको योगदानको आधारमा बिजय हाँसिल गर्ने बताएका छन्। यसको साथै तीनैजनाले पञ्चायत सदस्यको रूपमा निर्वाचित भएको खण्डमा घैयाबारी क्षेत्रमा रहेको विभिन्न समस्याहरू समाधान गर्ने तथा जनताको सेवा गर्न अनि सरकारबाट पञ्चायतमार्फत् आउने सहुलियतहरू जनतालाई लिएर प्रदान गर्ने बताएका छन्।