घैयाबारी ग्राम पञ्चायत तीनको २५४ बुथको ओपन सिटमा चारजना प्रार्थीहरू चुनाव मैदानमा

IMG-20230705-WA0350.jpg

खरसाङ: आगामी ८ जुलाईको दिन हुने पञ्चायत चुनावमा खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५४ बाट ओपन सिटमा चारजना प्रार्थीहरू चुनाव मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। चारजनामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज प्रधान, भारतीय जनता पार्टीबाट सागर राई अनि निर्दलीय प्रार्थीको रूपमा महेश छेत्री र बिजेन्द्र ठटाल रहेका छन्। घैयाबारी ग्राम पञ्चायत तीनको यस बुथमा दुईवटा सिट रहेका छन् भने एउटामा ओपेन अनि अर्कोमा अनुसूचित जातिको महिला सिट आरक्षण गरिएको छ। यस सिटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पूर्व पञ्चायत सदस्य नवराज प्रधानलाई खड़ा गरेर उनको अनुभव र जानकारीमाथि भरोसा देखाएका छन्। त्यसरी नै भारतीय जनता पार्टीले युवा प्रार्थी सागर राईलाई उठाएका छन्। त्यसरी नै यस सिटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकै बुथ सभापति महेश छेत्री निर्दलीय प्रार्थीको रुपमा चुनाव मैदानमा उत्रेका छन्। उनी पार्टीगत रूपमा खड़ा नभएर स्वतन्त्र रूपमा चुनाव लड्ने इच्छा जाहेर गरेर चुनाव लडिरहेका छन्। त्यसरी नै घैयाबारीको युवा बिजेन्द्र ठटाल निर्दलीय प्रार्थीको रुपमा चुनाव मैदानमा उत्रेका छन्। तर चारैजना प्रार्थीहरूमध्ये घैयाबारी ग्राम पञ्चायत तीनको यस बुथमा जनताले कसलाई भोट दिएर जिताउने हुन् त्यो आगामी ११ जुलाईको मतगणनाको दिन नै पत्तो लाग्नेछ। यस बुथको ओपन सिटमा रहेका चारजना प्रार्थीहरू क्रमैले भागोप्रमोबाट नवराज प्रधान, भाजपाबाट सागर राई र निर्दलीय प्रार्थीहरू महेश छेत्री र बिजेन्द्र ठटालले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्। चारैजनाले पञ्चायत चुनावमा बिजय हाँसिल गर्ने दाबी गर्दै घैयाबारी क्षेत्रका लागि विकासको कार्यहरू गर्ने प्रतिबध्दता जाहेर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement