पञ्चायत चुनाउमा सर्वाधिक केन्द्रिय बलहरूको तैनाती मुर्शिदाबाद जिल्लामा

00-1-Rajya-Samachar

मुर्शिदाबादः पश्चिम बंगालमा पञ्चायत चुनाउ प्रचारमा बढ्दो हिंसाका घटनाहरूलाई ध्यानमा राख्दै केन्द्रिय बलहरूको तैनातीको रूपरेखा अन्ततः राज्य चुनाउ आयोगले तयार गरेको छ। आयोगले केन्द्र सरकारलाई पत्र पठाएको छ। यसमा सर्वाधिक केन्द्रिय बलहरूको तैनाती मुर्शिदाबाद जिल्लामा हुनेछ। यहॉं राजनीतिक संघर्षको सबैभन्दा धेरै घटना घटेको छ। यस अतिरिक्त, १९ राज्यका पुलिसलाई पनि चुनाउ सुरक्षाको निम्ति बोलाइएको छ।

मुर्शिदाबादमा केन्द्रिय बलहरूको ४५ कम्पनी तैनात गरिएका छन्। पूर्व मेदिनीपुर र हावडा जिल्लामा केन्द्रिय बलहरूको ३७ कम्पनी तैनात गरिने छन्। यसरी नै उत्तर २४ परगनामा ३५, पूर्व बर्दवानमा ३३, नादियामा ३१, दक्षिण २४ परगना र मालदामा ३०, कुचबिहार र हुगलीमा २८ कम्पनी तैनात गरिने छ।

कालेबुङमा केन्द्रिय बल तैनात गरिने छैन। बंगाल पुलिसका साथै १९ राज्यको पुलिस पनि तैनात गरिने छ। यी सबै बलका जवानहरू राज्य पुलिसका साथ तालमेल बनाएर काम गर्नेछन्। केन्द्रिय गृह मन्त्रालयले हरियो झण्डा देखाएपछि मङ्गलवार केन्द्रिय बलहरूको २० कम्पनी पूर्वी बद्वान पुग्यो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement